October 6, 2024 | आइतवार, अशोज २०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सानी पाथिभरामा भक्तजन र पर्यटकको आवागमन बढ्यो

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ ११:0१
सानी पाथिभरामा भक्तजन र पर्यटकको आवागमन बढ्यो

दशैंसँगै इलामको सानी पाथिभरा मन्दिरमा भक्तजन र पर्यटकको आवागमन बढेको छ । पर्यटक र भक्तजनको बाक्लो उपस्थिति भएपछि रोङ गाउँपालिकाले प्रदेश र संघीय सरकारको समन्वयमा पर्यटन पूर्वाधार निर्माणको कामसमेत सुरु गरेको हो । यहाँ तीर्थालुको लागि खान(बस्नका लागि कुटीडाँडा बजारमा साना मझौला स्तरका होटल रेष्टुरेन्ट र मन्दिर व्यवस्थापन समितिबाट संचालित गेष्ट हाउस समेत रहेका छन् । मेची राजमार्गको हाँसपोखरी भएर पूर्वी नेपालको प्रमुख धार्मिकस्थल सानी पाथिभरा दर्शनका लागि यात्रा तय गरिन्छ । पाथिभरा मन्दिर दर्शनका लागि कुटीडाँडा र हाँसपोखरी दुवै क्षेत्रबाट पदयात्रा गरिन्छ ।

धेरै भक्तजनहरूले हाँसपोखरीमा रहेको सिद्धिदेवी मन्दिरको दर्शनपछि सानी पाथिभरा दर्शनका लागि पैदल यात्रा गर्दै आएका छन् । भक्तजनको सुविधाका लागि यहाँ पक्की पदमार्ग निर्माणको काम हुँदै आएको छ । हाँसपोखरीबाट पाथिभरा मन्दिरसम्म पुग्ने घोडेटो बाटोको दूरी ९ सय मिटर रहेको छ । रोङ गाउँपालिका ३ स्थित डाँडामा रहेको पाथिभरा देवीको मन्दिरको यात्राका क्रममा कुँटीडाँडाका होटलमा खाना र खाजा खान पाइन्छ । पूर्वपश्चिम राजमार्ग चारआलीबाट उत्तर मेची राजमार्ग समाएर १ घण्टाको उकालो यात्रामा सानी पाथिभरा आइपुगिन्छ । भक्तजनको सुविधाका लागि पाथिभरा क्षेत्रमा गाउँपालिकाले निजी क्षेत्रको लगानीमा केवलकार संचालनको योजना अघि सारेको छ ।

पर्यटक र भक्तजनको भीड लागेपछि रोङ गाउँपालिकाले पर्यटन प्रदेश र संघीय सरकारसँगको समन्वयमा पर्यटन पूर्वाधार निर्माण गरिँदै आएको पालिका अध्यक्ष मनिकुमार साङबोले बताउनुभयो । चाडबाडका साथै शनिबार र मंगलबार बढी तीर्थालुको भीड लाग्ने गरेको पाथिभरामा नेपाल, भारत, भुटानसम्मका तीर्थयात्री र पर्यटकहरू आउने गरेका हुन् । तीर्थालुको लागि खाने र बस्नका लागि कुटिडाँडा बजारमा साना मझौला स्तरका होटल रेष्टुरेन्ट र मन्दिर व्यवस्थापन समितिबाट संचालित गेष्ट हाउस पनि रहेका छन् । इमेज खबरबाट

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ ११:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्