sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

महागुरु फाल्गुनन्दको १३८ औं जन्म जयन्ती सालिक अनावरण गर्दै भव्यताको साथ मनाइयो

  • साझा परिवेश
  • शनिबार, कार्तिक २६, २०७९ १0:५६
महागुरु फाल्गुनन्दको १३८ औं जन्म जयन्ती सालिक अनावरण गर्दै भव्यताको साथ मनाइयो

ताप्लेजुङ । नेपालका १६ औं राष्ट्रिय विभुति किराँत धर्मगुरु तथा समाज सुधारक फाल्गुनन्द लिङदेन ज्यूको १३८ औं जन्म जयन्ती ताप्लेजुङमा भव्यताको साथ सम्पन्न भएको छ । कार्तिक २५ गते फाल्गुनन्द लिङ्देन ज्यूको ताप्लेजुङ बजारको तोक्मेडाँडामा निर्माण गरिएको १५ फिट अग्लो सालिकको किराँत धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्रा हाङ्मा साँवाले अनावरण गरेका छन् । उक्त सालिक एउटै ढुंगा कुँदेर बनाइएको र निर्माणको क्रममा करिव एक करोड रुपैया खर्च भएको र उक्त रकम दाताहरुको सहयोगमा जुटाईएको निर्माण समितिका अध्यक्ष खगेन्द्र फेम्वोले जानकारी दिनुभयो ।
सालिक अनावरण सँगै फुङलिङ नगरपालिका ६ काहुलेमा निर्माण भएको किराँत हाङसाम माङ्हिमको समेत उद्घाटन भएको छ । विश्व शान्तिका लागि मानव एकता कायम राखौं भन्ने मूल नाराको साथ विभिन्न जातीगत संस्थाहरुको झाँकी समेतको उपस्थितिमा बजार परिक्रम गरेका थिए । किराँत धर्मगुरुहरुको स्वागत गर्न पुर्व पर्यटन मन्त्री तथा प्रतिनिधी सभा सदस्यका उम्मेद्वार योगेश भट्टराई फुङलिङ बजारको हेलिप्याडमा नै पुग्नु भएको थियो । सालिक अनावरण पछि प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा औपचारिक कार्यक्रम शुरु भएको थियो । आज प्रदेश १ सरकारले सार्वजनिक विदा दिएको छ ।
लिङ्देनका दिव्योपदेश हत्या हिँसा गर्न नहुने, झुटो बोल्न नहुने, मासुमंस तथा धुम्रपान, मध्यपान गर्न नहुने, पशुवलीको सट्टा फलफुल चढाउनु पर्ने लगायत थियो भने लिङ्देन आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ती किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिरहे । वि.सं. २००५ सालमा उनको देहान्त भएपछि किराँत संघ संस्थाहरुले हरेक वर्ष कार्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाउदै आएका छन् । महागुरु फाल्गुनन्दलाई वि.सं.२०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरिएको थियो ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक २६, २०७९ १0:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid