८ मंसिर, भद्रपुर : झापा क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् ।
मतगणनाको अन्तिम मत परिणामअनुसार लिङ्देन ४० हजार ६४८ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण सिटौलाले ३७ हजार ३७२ मत ल्याएका छन् । उनीहरुबीच तीन हजार २७६ मतको अन्तर रहेको छ ।
यसअघि पनि लिङ्देनले यही क्षेत्रबाट सिटौलालाई पराजित गरेका थिए
 
 
             


 
                                        
 
                                                 
                                                     
                                                     
                                                     
                                                     
                                                     
                                                     
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    