June 6, 2025 | शुक्रबार, जेष्ठ २५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

स्वर सम्राट नारायण गोपाल स्मृति दिवसमा ’ सम्झनामा नारायण गोपाल ’

  • साझा परिवेश
  • सोमवार, मंसिर १९, २०७९ २0:२६
स्वर सम्राट नारायण गोपाल स्मृति दिवसमा ’ सम्झनामा नारायण गोपाल ’

 

काठमाडौं ,मंसिर १९ – स्वर सम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस सोमबार(आज) संगीतकर्मीहरुले बिभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । आस्था कला केन्द्रको आयोजनामा ’सम्झनामा नारायण गोपाल ’ कार्यक्रम आस्थाको हलमा आयोजना गरिएको छ । कार्यक्रमलाई नारायण गोपाल संगीत कोषका महासचिब दीपक केसी द्वारा पानसमा बत्ति बालेर शुभारम्भ गर्नुभयो । साथै स्वर सम्राट नारायण गोपालको फोटोमा गायक,गायिका,संगीतकर्मीहरुले माल्यार्पण गरि कार्यक्रम सुरु गरिएको थियो।

स्वर सम्राट नारायण गोपालको स्मृतिमा आस्था कला केन्द्रले कार्यक्रम गरेको “सम्झनामा नारायण गोपाल “ कार्यक्रममा एक दर्जन भन्दा बढी गायक गायिकाहरुले नारायण गोपालद्धारा स्वरबद्ध गीत गाएर उनको सम्झना गरेका छन् । कार्यक्रममा गायिका गीता पाण्डेले रचना तथा संगीत दीपक जंगमको ’यति धेरै माया दिई’ बोलको गीत गाएर माहोल तताईन् साथै राजेश कुमार श्रेष्ठ,सन्जिब आले,महेन्द्र बिश्वकर्मा,किशोर बिश्वकर्मा लगायत एक दर्जन भन्दा बढी गायक गायिकाहरुले नारायण गोपालद्धारा स्वरबद्ध गीत गाएर उनको सम्झना गरेका छन् ।

सन्जिव आलेले राममान तृषितले रचना गर्नु भएको संगीत तथा स्वर नारायण गोपालको ’मैले पुण्य मन पराए’ प्रस्तुत गर्दा माहोल निकै भावुक बनेको थियो । रचनाकार किरण खरेल संगीत नातिकाजी तथा गोपाल योञ्जनको रहेको ’लुकु लुकु लाग्यो मलाई ’ गीत राजेश कुमार श्रेष्ठ र गीता पाण्डेको प्रस्तुतिले दर्शक झुमेका थिए। नारायण गोपालको सम्झनाले कार्यक्रम स्थल नारायण गोपालमय बनेको थियो। कार्यक्रममा पोखिएर घाम को झुल्को , तिम्रो जस्तो मुटु , मलाई नसोध ,पर्खि बसे आउला भनि ,केहि मिठो बात गर , मान्छेको माया यहाँ , आज भोलि हरेक साझ लगायत गीतहरु गुञ्जिएका थिए ।

कार्यक्रममा आस्था कला केन्द्रका निर्देशक रमेश थापाले स्रस्टाहरुको कार्यक्रम गर्न पाउदा गर्ब महसुस हुने र अन्य कुनै पनि नेपाली स्रस्टाहरु को कार्यक्रम गर्नु परे आस्था कला केन्द्र सदै सबैलाई स्वागत गर्ने बताउनु भयो । बाबु आशागोपाल र आमा रामदेवी गुरुवाचार्यको कोखबाट विक्रम सम्वत १९९६ असोज १८ गते काठमाण्डुको किलागलमा जन्मिएका नारायण गोपालको निधन २०४७ साल मंसिर १९ गते राति ९ बजे बीर अस्पतालमा भएको थियो ।

  • साझा परिवेश
  • सोमवार, मंसिर १९, २०७९ २0:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट