May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापाको चारआलीमा श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेको आशंका

  • साझा परिवेश
  • सोमवार, पुस ४, २०७९ २२:१८
झापाको चारआलीमा श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेको आशंका

चारआलीमा श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेको आशंका

चारआली । अर्जुनधारा-११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बूले श्रीमती सन्जु इङ्नाम लिम्बूको हत्या गरेपछि आफूले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

झापाको मेचीनगर-१३ स्थित चारआली जंगलमा अर्जुनधारा-११ मूल घर भएका ५२ वर्षिय नेत्रकुमार इङ्नाम लिम्बू र उनकी श्रीमती ४२ वर्षिया सन्जु इङ्नाम लिम्बूको कुहिन लागेको शव सोमवार दिउँसो भेटिएको थियो । ‘दुवै जनाको शव ७० प्रतिशत कुहिएको अवस्थामा फेला परेको हो,’ इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले भने, ‘पुरुष झुन्डिएको र महिला भुइँमा लडेको अवस्थामा भेटिएको हो, शवको प्रकृति हेर्दा करिब १० दिनअघि मृत्यु भएको अनुमान गर्न सकिन्छ । ’

प्रहरीले घटनास्थलबाट एउटा दाउ, दुई जोर चप्पल, रस्सी फेला पारेको छ। सोमबार दिउँसो साढे २ बजे जंगलभित्र घाँस दाउ टिप्न गएका स्थानीयले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। त्यसपछि डीएसपी महतोको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

इङ्नाम दम्पत्ति करिव १० दिनदेखि डेराबाट बेपत्ता रहेको जनाइएको छ । इङ्नाम दम्पत्ति मेचीनगर-१२मा डेरा बस्दै आएको अर्जुनधारा-११ का वडाध्यक्ष खगेन्द्र इङ्नामले बताए । मूल घरबाट उनीहरुले अंश लिइसकेका थिए । करिव एक–डेढ वर्षदेखि इङ्नाम दम्पत्ति घुम्दै काम गर्दै हिडेको पाइएको वडाध्यक्ष इङ्नामले बताए । नेत्रकुमारले सन्जुसंग दोस्रो विवाह गरेका थिए । सम्बन्ध विच्छेद भइसकेको नेत्रकुमारको पहिलाको श्रीमतीपट्टि सन्तान रहेको जनाइएको छ । तर, सन्जुपट्टि सन्तान नरहेको वडाध्यक्ष इङ्नामले बताए ।

नेत्रकुमारको घाटीमा डोरी भेटिएकाले उनले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले बताए । तर, सन्जुको घाटीमा डोरी नभेटिनुले श्रीमतीको हत्यापछि उनले आत्महत्या गरेको हुनसक्ने पाठकले आशंका गरे ।‘घटनास्थलमा हतियार भेटिएकाले हत्यापछि आत्महत्याको आशंका गरिएको हो ’उनले भने,‘पोस्टमार्टम रिपोर्टले मात्र यसको पुष्टि हुनसक्छ । ’ घटनास्थलमा भेटिएको दाउ नेत्रकुमारले घरबेटीको घरबाट मागेका थिए ।

उनीहरु गत मंसिर २१ गतेबाट परिवारको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । सन्जुको टाउकोमा हतियारको चोटजस्तो देखिएको तर शव कुहिसकेकाले स्पष्ट ठम्याउन नसिकएको डीएसपी पाठकले बताए । घरबाट अंश लिइसकेर मासिसकेको र जेठी श्रीमतीसंग सम्बन्ध विच्छेद भएर कान्छीसंग बस्नुपर्दा पारिवारिक तनाव र कलहका कारण उनीहरुबीच सो घटना भएको हुनसक्ने आशंका गरिएको हो । दुबै शवको सम्पूर्ण कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागि साँझ ७ बजे धरान घोपा पठाईएको डीएसपी पाठकले बताए ।

  • साझा परिवेश
  • सोमवार, पुस ४, २०७९ २२:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट