sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

का सुन व्यवसायीलाई सुनको औँठी देखाएर पहेँलो धातु बिक्री गर्ने एकजना पक्राउ

  • साझा परिवेश
  • शनिबार, पुस २३, २०७९ 0९:१८
का सुन व्यवसायीलाई सुनको औँठी देखाएर पहेँलो धातु बिक्री गर्ने एकजना पक्राउ

झापा  । सुन व्यवसायीलाई नै नक्कली सुन बेचेर ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा इलाम फाक्फोकथुम गाउँपालिका– ७ घर भई हाल झापा बिर्तामोड नगरपालिका– ५  बस्ने २६ वर्षीय दिनेश श्रेष्ठ भन्ने शेरबहादुर बराइली रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

श्रेष्ठले गत बुधवार मेचीनगर नगरपालिका– ९ स्थित रोशन कुमार गजमेरले सञ्चालन गरेको हनुमान ज्वेलर्समा गएर दुई वटा सुनको बेरुवा औँठी (तीन तोला) बिक्री गरेका थिए ।

त्यसबापत ज्वेलर्स सञ्चालक गजमेरले श्रेष्ठलाई १ लाख ८० हजार दिने भनेका थिए । १ लाख ७० हजार तत्काल भुक्तानी गरेको ज्वेलर्स सञ्चालक गजमेरले अहिले १० हजार अपुग भएकोले भोलि पर्सि लिन आउनु भन्दै श्रेष्ठलाई पठाएका थिए ।

श्रेष्ठ पनि गजमेरको कुरा पत्ताएर त्यो दिन हिँडे । ‘त्यसपछि ज्वेलर्स सञ्चालक गजमेरले खरिद गरेको दुई वटा औँठीको चेकजाँच गर्दा त्यो सुन नभई पहेँलो धातु भएको थाहा पाए,’ डीएसपी पाठकले भने, ‘ठगी गर्नेले पहेँलो धातुमाथि सुनको कोटेट (रङ्ग दलेको) लगाएको औँठी बेचेको रहेछ, त्यो थाहा पाए लगतै ज्वलेर्स सञ्चालकले आफू ठगीमा परेको भन्दै इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी हाले ।’

ठगी गर्ने श्रेष्ठले त्यही ज्वेलर्समा बाँकी रहेको १० हजार लिन आउँदा प्रहरीले शुक्रबार साँझ ५ बजे पक्राउ गरेको उनले बताए । पक्राउ परेका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • शनिबार, पुस २३, २०७९ 0९:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid