sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पूर्वराजाको राप्रपा सांसदहरुसँग ‘सिंगल-सिंगल’ भेट

  • साझा परिवेश
  • आइतवार, पुस २४, २०७९ १२:२२
पूर्वराजाको राप्रपा सांसदहरुसँग ‘सिंगल-सिंगल’ भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने मिति आउनै लाग्दा यसको मुखैमा पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुसँग ‘सिंगल–सिंगल’ भेट गरेका छन्।

पूर्वराजाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग भेटेलगत्तै राप्रपाका अरु सांसदहरुसँग पनि छुट्टाछुट्टै भेट गरेका हुन्। पूर्वराजाले अध्यक्ष लिङदेनसँग भेटेको कुरा आधिकारिक रुपमा सार्वजनिक गरिएको भए पनि अन्य सांसदहरुसँग छुट्टाछुट्टै भेटेको कुरा भने गोप्य राखिएको छ।

पूर्वराजाले दुई दिन लगाएर राप्रपाका केही सांसदहरुलाई चितवनमा र अन्य सांसदहरुलाई बाराको सिमरामा भेटेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राप्रपाको समेत समर्थनमा प्रधानमन्त्री नियुक्त भएकोले विश्वासको मत लिने पूर्वसन्ध्यामा पूर्वराजासँगको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।

राप्रपा महामन्त्री धवलसमशेर राणाले सरकारमा सहभागिताबारे आफूहरुले पूर्व राजालाई जानकारी गराउन आफू र अध्यक्ष राजेन्द्र लिङ्देनले सिमरा पुगेर भेट गरेको बताए।

‘एक हप्ता अगाडि अध्यक्षज्यू र म सिमरा पुगेर सरकारमा सहभागिताका विषयमा महाराजधिराज (पूर्व राजा) लाई अपडेट गराएका हौं,’ राणाले डिसी नेपालसँग भने, ‘१४ जना सांसदले नै भेटेको भन्ने कुरा मलाइ जानकारी छैन।’ उनले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र अन्य केही नेताले पनि पूर्वराजासँग भेटेको  जनाए।

पूर्वराजाको राप्रपा अध्यक्षसहित सांसदहरुसँग छुट्टाछुट्टै भेट र यही बीचमा परिवर्तिन राजनैतिक कोर्सलाई हेर्दा नेपाली राजनीतिको दिशा प्रभावित हुन सक्ने र यसमा पूर्वराजाको प्रभाव रहन सक्ने समेत आंकलन गरिएको छ।

राप्रपाले विश्वासको मत दिने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डको यसअघि स्थापित छविमा समेत परिवर्तन देखिएको छ।

राप्रपासहितको समर्थनमा प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले दौरा सुरुवाल लगाएर शपथ ग्रहण गरे। यसअघि प्रचण्ड सार्वजनिक रुपमा दौरा सुरुवाल लगाउँदैनथे। राप्रपाकै एजेण्डाअनुसार प्रचण्ड नेतृत्वको सरकारले पृथ्वी जयन्ति मनाउने र त्यो दिन सार्वजनिक विदा दिने निर्णय समेत गरिसकेको छ ।

  • साझा परिवेश
  • आइतवार, पुस २४, २०७९ १२:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid