काठमाडौं : पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धारकार्य आज बिहानदेखि पुनः शुरु भएको छ ।
बिहान करिब साढे ६ बजदेखि नै उद्धारकार्य थालिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार विमान निकै साँघुरो खोचमा खसेकाले उद्धारकार्यमा समस्या भएको छ ।
आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो । आइतबार दिनभरि नै उद्धारकार्य गरिएको थियो । रात परेपछि उद्धारकार्यमा कठिनाइ भएकाले आज बिहानदेखि थाल्ने गरी स्थगित गरिएको थियो ।