नेपालमा थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशभरबाट एक हजार ६२८ नमुना परीक्षण गर्दा दुई जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २८६ र एन्टिजेनबाट १३४२ जनाको परीक्षण गर्दा दुई नमुनाको रिपोर्ट पोजेटिभ आएको हो।
यो अवधिमा २ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन्। हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ।