sweet bonanza
February 16, 2026 | सोमवार, फाल्गुन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आईसीयुमा मन्त्री तोसिमाले किन खिचिन् भिडियो?

  • साझा परिवेश
  • बिहिबार, माघ १२, २०७९ 0९:२३
आईसीयुमा मन्त्री तोसिमाले किन खिचिन् भिडियो?

काठमाडौं। जताततै हण्डर ठक्कर खाएका हृदयविदारक घटनाहरु सार्वजानिक गर्दै संसद भवनअगाडि आफैंले आफैंलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको विषयले संसारभर चर्चा पाएको छ।

सो सँगै असी प्रतिशत जलेको शरीर लिएर कीर्तिपुरको बर्न अस्पतालको आईसीयुमा रहेका आचार्यलाई स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले बयानको शैलीमा कुराकानी गरेको विषय पनि यतिबेला विवादमा छ।

राज्यमन्त्री कार्कीले आफ्नो नाम आत्मदाहको नोटमा लेखेकोबारे आचार्यसँग कुरा गरेकी छिन् र बयानको शैलीमा प्रश्न उत्तर गरेकी छन्। आचार्यले तोसिमाको बारेका नकारात्मक कुरा नोटमा लेखेका थिएनन् तर चेतावनी भने दिएका थिए। मन्त्री हुन मात्र प्रतिष्पर्धा नगर्न भनेका छन्।

उनले लेखेका थिए- “नेपाल सरकार, देश चलाउने हुटहुटीमा सत्तामा पुग्नुभएका नयाँ पार्टी तथा नयाँ साम्साद, रबि लामिछाने, राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही, सोबिता गौतम, गगन थापा, बिस्वप्रकास शर्मा, योगेश भट्टराई, तोसिमा कार्की, लगायत तमाम नयाँ अनुहार हरुलाइ बिन्ती, सरकार बनाउने, मन्त्री हुने मात्र प्रतिस्पर्धा होइन, कसैले नदेखेको, तर जनतालाई पिल्साएको मुद्दाहरु आँखा च्यातेर केलाउनुहोस, समाधान गर्नुहोस । यहाँहरु सबैलाई पुनः स्मरण गराउन चाहन्छु।”

मृत्युपत्रमा नाम उल्लेख भएपछि अरु कुरा छाडेर उनले ८० प्रतिशत जलेका व्यक्तिसँग गुनासो गर्नु कति जायज थियो? यो गम्भीर प्रश्न थियो तर राज्यमन्त्री डा.तोसिमाले यसको पर्वाह गरिनन्। उनले बर्न युनिटको पनि अति संबेदनशील कक्षमा मिडियासमेत उपस्थित गराएर भिडियो खिचिन्।

उनी स्वयं स्वास्थ्यकर्मी हुन्। एउटा स्वास्थ्यकर्मीलाई असाध्य पीडाले छटपटाइरहेको एउटा विरामीलाई उपचार गरिरहेको आईसीयुजस्तो कक्षमा गएर कुरा गर्न मिल्छ कि मिल्दैन भन्ने थाहा हुनुपथ्र्यो। अस्पतालको र डाक्टरको पहिलो दायित्व जस्तो सुकै विरामी आए पनि बचाउनु हो।

आचार्य आफैंले आफैंलाई सार्वजानिक ठाउँमा जलाएर अस्पताल पुर्‍याइएका थिए। देशका तमाम विकृति विसंगतिका बावजुद उद्यमी बन्न हजार कोसिस गरेर पनि असफलताले उनलाई विद्रोह गर्न उक्साएको थियो।

विद्रोहको उनको तरिका सही नभए पनि उनले आफूले यसलाई क्रान्ति भनेका छन्। राज्यसत्ता र सरकारप्रतिको आक्रोश उनी जल्नुअघि नै शान्तपार्ने र उनलाई जीवनप्रति सकारात्मक बनाउनेतर्फ कुनै पहल नभएको अवस्थामा मृत्युका लागि आन्तिम संघर्ष गरिरहेका व्यक्ति उपचाररत भएको आईसियुमा बिना पन्जा स्वास्थ्य राज्यमन्त्री कार्की पसेकी छन्।

उनीसँग बोलेकी छन् र पीडामाथि पीडा थप गरिदिएकी छन्। स्वास्थ्यकर्मीले त्यस्ता विरामी भएका कक्षमा कसरी प्रवेश गर्ने सामान्य नम्र्स पनि मन्त्री कार्कीले पालन गरेकी छैनन्। त्यस्तो कक्षमा उनलाई अस्पताल व्यबस्थापनले किन र कसरी प्रवेश गर्न दियो? यो पनि गम्भीर प्रश्न हो।

राजनीतिक फाइदा र स्टण्ट गर्नको लागिमात्र डा.तोसिमा अस्पताल पुगेको देखिएको छ । कसैको पीडादायी क्षणमा टिकटक बनाउन वा भिडियो खिचेर भाइरल बन्नमात्र उनी त्यहाँ पुगेकोजस्तो देखिएको छ। नत्र उनले स्वास्थ्यकर्मीको न्यूनतम इथिक्स र विरामीको संबेदनशीलताको ख्याल राख्नु पर्दथ्यो।

किनकि उनीसँगै वाहिरका किटाणुहरु आईसियु पुगेका हुन्छन् र त्यसले अति संबेदनशील अवस्थामा रहेको विरामीलाई झन धेरै असर गर्न सक्छ र छिटो मृत्युको मुखमा पुर्याउन सक्छ। यसमा स्वास्थ्यकर्मीले पालना गर्नुपर्ने न्यूनतम शर्तहरु पनि पालना भएका छैनन् भने अस्पताल पनि चुकेको छ।

मान्छेको पीडादायी र विद्रोहपूर्ण मृत्यु मन्त्रीका लागि भिडियो बनाउने विषय हुनसक्छ र? तोसिमाको डाक्टरको लाइसेन्स र योग्यतामाथि पनि प्रश्न उठ्दैन?

www.dcnepal.com

  • साझा परिवेश
  • बिहिबार, माघ १२, २०७९ 0९:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid