काठमाडौँ – नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष मंगलबार ज्ञापनपत्र बुझाउँदै छ।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आज मंगलबार बिहान ९ बजे मुलुकको पछिल्लो आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउने तयारी गरेकाे हाे।
समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले हाल देशमा परेकाे चरम आर्थिक संकट, बैंकको ब्याजदरमा असमान वृद्धी हुँदा सर्वसाधरणले भाेग्नु परेकाे समस्या र समयसामयिक आर्थिक मुद्धाबारे ज्ञापनपत्र बुझाउन लागेकाे बताइएकाे छ।