sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मोरङमा बोरामा महिलाको शव भेटियो

  • साझा परिवेश
  • सोमवार, फाल्गुन ८, २०७९ १५:५४
मोरङमा बोरामा महिलाको शव भेटियो

मोरङ – मोरङको बुढीगंगा गाउँपालिकामा एक महिलाको शव गाई गोठमा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुढीगंगा गाँउपालिका–२ अमाहीस्थित स्थानीय नरसिंह चौधरीको गाई गोठमा २८ वर्षीया प्रियंका सुनारको शव बोरामा बाँधेर राखिएको अवस्थामा फेला परेको हो।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले विराटनगर महानगरपालिका–१९ की बासिन्दा सुनारको शव सोमबार दिउँसो फेला परेको हो। प्लाष्टिकको बोरामा गुन्टो पारेर शव फालिएको अवस्थामा फेला परेको बताएका मोरङ प्रहरी प्रवक्ता कार्कीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको जानकारी दिए।

सुनारको हत्या गरी फालिएको हुनसक्ने कार्कीले बताए। उनका अनुसार शवमा चोट देखिएको छ। शव फेला परेसँगै प्रहरीले अनुसन्धानका क्रममा कटहरी गाउँपालिका–५ का ६२ वर्षीय रामानन्द राम र विराटनगर–१९ का २९ वर्षीय रमेश साहलाई पक्राउ गरेको कार्कीले जानकारी दिए।

घटनामा संलग्न भए नभएकोबारे अनुसन्धानका लागि दुवै जनालाई पक्राउ गरिएको कार्कीले बताए। हाल शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको जानकारी दिए।

  • साझा परिवेश
  • सोमवार, फाल्गुन ८, २०७९ १५:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid