sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मधुवनमा दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिता सुरु

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ९, २०७९ १४:३९
मधुवनमा दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिता सुरु

गनेश कुमार यादव
इनरुवा ः सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं–११ मधुवनमा दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
हाम्रो एकता युवा क्लबको आयोजनामा बराहक्षेत्र नगरपालिका वडा नं–११ स्थित रहेको जनता माध्यमिक विद्यालयको खेल मैदानमा उक्त प्रतियोगिता शनिबारदेखि शुरुभएको हो ।
सुनसरी निर्वाचन क्षेत्र नं–४(क) का प्रदेश नं.१ का प्रदेश सभा सदस्य सदानन्द मण्डलले उक्त प्रतियोगिताको व्यानर पढेर उद्घाटन गर्नुभएको हो ।


उक्त नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाञ्चायन फुटबल क्लब रामधुनि विजयी भएको हाम्रो एकता युवा क्लबका अध्यक्ष कलामुद्दिन अन्सारीले जानकारी दिनुभयो ।उक्त नकआउट फुटबल प्रतियोगितामा ब्रर्दश एफसी उदयपुरलाई शून्यको विरुद्ध पाँच गोलको अन्तरले पराजित गर्दै पाञ्चायन सेमिफाइनलमा प्रवेश गरेको अन्सारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा पाञ्चायनले खेलको तेस्रो मिनेटमा पहिलो गोल गरेको थियो । जर्सी नं.११ का पुष्कर माझिले पहिलो गोल गरेका थिए ।
एकतर्फी बनेको खेलको १५ औँ मिनेटमा जर्सी नं. १८ का पूजन चौधरीले गोल गरेका थिए । खेलको १७ औँ मिनेटमा जर्सी नं. २३ का सन्दीप लिम्बू, खेलको १९ औँ मिनेटमा जर्सी नं. १८ का पूजन चौधरी र दोस्रो हाफको २८ औँ मिनेटमा जर्सी नं २ विजय राईले गोल गर्दै पाञ्चायनले खेलमा सहज जित निकालेको थियो ।

उक्त प्रतियोगिता अन्तर्गत आइतबार आदर्श फुटबल क्लब रामधुनी र आयोजक हाम्रो एकता फुटबल क्लब मधुनव क्लबबिच खेल हुने अन्सारीले जानकारी दिनुभयो ।
उक्त प्रतियोगिताको एम्पाएर यशराज राई, अजित अधिकारी , मीन थापा, राजेश राई रहेका थिए ।
उक्त प्रतियोगितामा प्रमुख अतिथि सुनसरी निर्वाचन क्षेत्र नं–४(क) का प्रदेश नं.१ का प्रदेश सभा सदस्य सदानन्द मण्डल,विशिष्ट अतिथि बराहक्षेत्र नगरपालिका वडा नं–११ का वडा अध्यक्ष कृष्ण कुमार मेहता, रामजी उराँव , विवि जुलेसा खातुन, महेन्द्र मेहता, तुलशा धमला लगायतको आतिथ्यता रहेको थियो भने उत्साह जनक खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो । हाम्रो एकता युवा क्लबका अध्यक्ष कलामुद्दिन अन्सारीको अध्यक्षतामा उक्त प्रतियोगिता संचालन भएको थियो ।

 

 

 

 

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ९, २०७९ १४:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid