sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित सुनिश्चित छ: प्रकाशमान

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १८, २०७९ ११:१३
राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित सुनिश्चित छ: प्रकाशमान

 धनुषा ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आठ दलीय गठबन्धन बनेपछि राजनीतिक वातावरण सही बाटोमा आएको बताएका छन् । अब आठ दलीय गठबन्धनको समझदारी अनुरुप मुलुक अगाडि बढ्ने र जनअपेक्षा पूरा गर्दै देश विकास गर्ने उनले बताए ।

सिरहाको कार्यक्रममा सहभागी हुन जाने क्रममा आज धनुषास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै सिंहले प्रचण्ड नेतृत्वको सरकारबाट एमाले बाहिरिनु र आठ दलीय गठबन्धन बन्नुलाई जनताको म्यान्डेट अनुसारको राजनीतिक परिस्थिति बनेको भनेका हुन् ।

‘निर्वाचनमा जाने बेला जुन गठबन्धन बनेको थियो त्यही गठबन्धनले म्यान्डेट पाए पनि केही समय असहजतातर्फ राजनीति अघि बढ्यो,’ उनले भने, ‘अहिले जनमत अनुरुपको राजनीतिक परिस्थिति निर्माण भएको छ । अब आठदलीय गठबन्धनको समझदारी अनुरुप मुलुक अगाडि बढ्छ ।’

सत्ता गठबन्धनमा कुनै असमझदारी नरहेको भन्दै उनले राष्ट्रपति पदमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको जित सुनिश्चित रहेको बताए ।

अहिले मुलुकको अर्थतन्त्र संकटमा रहेकाले परिस्थितिलाई सम्हालेर जानु पर्ने चुनौति रहेको बताउँदै सिंहले अब सरकारले नागरिकमा आशा जगाउने गरी काम गर्नुपर्ने बताए ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १८, २०७९ ११:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid