sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मनकामनामा परेवा उडाउने कार्यक्रम नै बन्द

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन २३, २०७९ १0:४३
मनकामनामा परेवा उडाउने कार्यक्रम नै बन्द

गोरखा:

प्रसिद्ध मनकामना मन्दिरमा परेवा उडाउन प्रतिवन्ध लगाइएको छ। सहिद लखन गाउँपालिका, मनकामना क्षेत्र विकास समिति तथा उद्योग वाणिज्य संघको मनकामना बजार इकाइसँग समन्वय गरी भिजिट मनकामना डटकमले आइतबारदेखि परेवा उडाउन निषेध गरेको हो। उडाइएका परेवा अत्याधिक मर्ने र व्यवस्थापन गर्न नसक्दा परेवा उडाउने कार्यक्रम नै बन्द गरिएको मनकामना क्षेत्र विकास समितिले जनाएको छ।

मनकामना मन्दिरमा दैनिक सरदर ३–४ हजार भक्तजन आउँछन्। उनीहरूमध्ये सय जनाले परेवा ल्याए भने पनि दुई सय परेवा दैनिक मन्दिरमा चढ्छन्। ती परेवाको व्यवस्थापन गर्न मन्दिरलाई समस्या भएको क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशी बताउँछन्। ‘देशका विभिन्न ठाउँबाट ल्याइएका परेवा यहाँको वातावरण अनुकूल हँुदैनन्। ५०–६० प्रतिशत परेवा त चढाएकै रातमा मर्छन्’, जोशी भन्छन्, ‘हरेक बिहान सफा गर्ने क्रममा डोकोका डोको मरेका परेवा फाल्नुपर्छ। जीवित परेवा राख्न परेवा पाटी पनि छैन। मरेका परेवा फाल्ने ठाउँको पनि अभाव भयो। त्यसैले रोक्न बाध्य भयौं।’

बाह्य वातावरणका साथै मन्दिरमा प्रयोग गरिएको सुनौला छाना पनि परेवाका कारण क्षति हुने उनीहरूको भनाइ छ। जिर्णोद्वार गर्दा मन्दिरको छानामा सुनको जलप लगाइएको छ। परेवाको दिसाले सो सुनको जलप तथा छानाको रूपलाई कूरुप गर्ने भएकाले पनि परेवा उडाउन रोक लगाइएको उनीहरूको भनाइ छ। विगतमा बर्डफ्लु फैलिएपछि पनि परेवा उडाउन निषेध गरिएको थियो। फेरि लुकीछिपी ल्याउने र चढाउन थालेका थिए।

पछिल्लो समय मन्दिरमा परेवा चढाउनेको संख्यामा वृद्वि हुँदै गएपछि पुनः परेवा उडाउनमा प्रतिवन्ध लगाइएको सचेतना अभियान सञ्चालक राजेन्द्र लामाले बताए। ‘परेवाका कारण मन्दिर प्रदूषित भएपछि पुजारीको विशेष अनुरोधमा हामीले फेरि आइतबारबाट यो अभियानलाई कडाइका साथ सञ्चालन गरेका छौं’, लामाले भने, ‘अहिले त परेवा चढाउने संकल्पसमेत गर्न बन्द गरिएको छ। परेवाको बिस्टा र मरेका परेवाले मन्दिरको आन्तरिक र बाह्य स्वरूप कामै नलाग्ने गरी बिगारेकाले मन्दिरलाई स्वच्छ, सफा र हराभरा बनाइराख्न परेवा उडाउन निषेध गरिएको हो।’

अभियानमा मन्दिरका पुजारी, मन्दिर रहेको पालिका सहिद लखन गाउँपालिका–२ र ३, मनकामना क्षेत्र विकास समिति र उद्योग वाणिज्य संघ, मनकामना इकाइ तथा स्थानीय संघ संस्थाहरूको पनि सहयोग रहेको वाणिज्य संघ, मनकामना इकाइ समितिका अध्यक्ष हरि श्रेष्ठले बताए। परेवा उडाउन निषेध गरिएको बारे चितवनको चेरेसस्थित मनकामना प्रवेशद्वार, मनकामना केवलकारको मूल गेट आसपास पनि सूचना गरिएको छ। परेवा निषेधबारे सूचना प्रवाह गर्न स्कुल तथा कलेजका विद्यार्थीको पनि प्रयोग गरिएको उनले बताए।

यो हप्ताभरि मनकामना मन्दिरमा आउनेहरूलाई ‘परेवा निषेध’ लेखिएको पर्चा वितरण गरिने र अर्को हप्तादेखि परेवा लिएर आएमा फिर्ता गर्न थालिने सो अभियानका सञ्चालक लामा बताए। मनकामना दर्शन प्रालिलाई समेत पत्राचार गरेर केबलकारमा यात्रा गर्ने जो कोहीलाई पनि मनकामनामा परेवा लैजान निषेध गर्न अनुरोध गरेको छ। देवीको नाममा मन्दिरमा चढाइएको परेवाका कारण समस्या पैदा भएको मनकामना मन्दिरका मूल पुजारी इन्सानबहादुर थापाले बताए। परेवाको उचित बासस्थान र चारोको अभावका कारण समस्या भएको उनको भनाइ छ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन २३, २०७९ १0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid