May 22, 2025 | बिहिबार, जेष्ठ १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गैरकर बढाउने उपाय खोजिँदै

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २६, २०७९ १0:४४
गैरकर बढाउने उपाय खोजिँदै

काठमाडौं ।

अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट निर्माणमा तातेको छ। मन्त्रालयले बजेट वक्तव्यसँगै आउने आर्थिक ऐनमा समावेश हुने राजस्व नीति सुधार गर्न विभिन्न उपसमिति बनाएर छलफल अघि बढाएसँगै गैरकर बढाउने उपाय पनि खोज्न थालिएको छ।
आर्थिक ऐनमा करका दर हेरफेर तथा सुधार, समग्र कर प्रणाली सुधारका विषयमा नीतिगत र कानुनी सुधार, प्रक्रियागत सरलीकरणको नयाँ उपाय उल्लेख हुन्छ। जसअनुसार बिहीबार मन्त्रालयमा गैरकर उपसमितिको बैठक सम्पन्न भएको छ। राजस्व परामर्श समितिलाई ९ वटा उपसमितिले सुझाव दिएपछि समितिले प्रतिवेदन तयार पारी अर्थ मन्त्रालको अर्थमन्त्री, अर्थ सचिव तथा बजेट लेखन टिमलाई हस्तान्तरण गरिन्छ।

राजस्व प्रशासनमा गैरकर प्राथमिकतामा नपर्ने कारणले यसकोे प्रभावकारिता वर्षैपिच्छै खस्कँदै गएको छ। गैरकर क्षेत्रगत ऐनबाट निर्दिष्ट हुने तथा छरिएका कानुन र निकायले उठाउने भएकाले गैरकर संकलन प्रभावकारी छैन। अर्थ मन्त्रालयको राजस्व महाशाखाले पनि करलाई मात्रै राजस्वको केन्द्रमा राख्ने गरेको छ।

गैरकरका समस्या समाधान खोज्न गैरकर उपसमितिको बैठक बसेको हो। बैठक मन्त्रालयका सहसचिव तथा योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख आनन्द काफ्लेको अध्यक्षतामा बसेको थियो। गैरकरको विषयमा राजस्व प्रशासनमा अनेकौं झमेला छन्। गैर कर राजस्वसम्बन्धी प्रशासन गर्ने कुनै निश्चित निकाय नतोकिनाले पनि कहिले आन्तरिक राजस्व विभाग त कहिले अर्थ मन्त्रालयले गर्दै आएको छ।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २६, २०७९ १0:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट