महोत्तरी ।
महोत्तरीको गौशाला बजारमा भएको एक मोबाइल पसलमा आगलगी हुँदा लाखौंको क्षति भएको छ । गएराति गौशाला बजारमा सञ्चालित आरोही मोबाइल पसलमा आगलगी हुँदा करिब १५ लाख बराबरको सरसमानहरु जलेर नष्ट भएका हुन्।
पसलभित्र जडान गरिएको विद्युतको तार सर्ट भइ आगलगी भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । यता घटनाको सम्बन्धमा जानकारी पाएलगतै घटनास्थलमा प्रहरी पुगेर आगोलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिएका छन् ।