April 13, 2025 | आइतवार, बैशाख १, २०८२
सुचनाहरु
ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने

फ्रान्समा संसद् भवन अगाडि विरोध प्रदर्शन गर्न रोक : सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १0:३२
फ्रान्समा संसद् भवन अगाडि विरोध प्रदर्शन गर्न रोक : सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

फ्रान्सको संसद् भवन अगाडि विरोध प्रदर्शन गर्न रोक लगाइएको छ ।

राष्ट्रपति इम्यानुएल म्याक्रोँले संसदमा मतदान विना नै निवृत्तिभरण अर्थात् पेन्सन सुधारको घोषणा गरेपछि फ्रान्सले त्यसपछि हुनसक्ने विरोधलाई ध्यानमा राखेर संसद् अगाडि प्रदर्शन गर्न प्रतिबन्ध लगाएको हो ।

म्याक्रोँको सरकारले गएको बिहीवार कार्यकारी अधिकार प्रयोग गरी विवादास्पद विधेयक पारित गर्न आदेश जारी गरेपछि देशका अन्य भागमा शान्तिपूर्ण जुलुस निकालिएको छ । सडकमा विरोध प्रदर्शन बढ्दै गएको छ ।

संसदीय स्रोतका अनुसार विपक्षी सांसदले संसदमा छलफल हुने गरी सरकारविरुद्ध अविश्वासको दुई वटा प्रस्ताव दर्ता गराएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । उनीहरूले मन्त्रिपरिषद्लाई अपदस्थ गर्न र सेवानिवृत्तिको उमेर ६२ बाट ६४ पुर्‍याउने कानुनलाई खारेज गर्न माग गरेका छन् ।

एजेन्सी
  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १0:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट