sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ओस्कार समारोहमा भाग लिन ‘आरआरआर’ टिमले तिर्नुपरेको थियो २० लाख भारु

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १0:४६
ओस्कार समारोहमा भाग लिन ‘आरआरआर’ टिमले तिर्नुपरेको थियो २० लाख भारु

काठमाडौं । एसएस राजामौली निर्देशित भारतीय फिल्म ‘आरआरआर’ले यसै महिना सर्वश्रेष्ठ मौलिक गीत विधातर्फ ओस्कार अवार्ड जित्यो । ‘नाटु नाटु’ गीतका रचनाकार चन्द्रबोस र संगीतकार एमएम कीरावाणीले टिमको तर्फबाट ट्रफी उचाले ।

यतिबेला एक खबर बाहिरिएको छ, जसअनुसार राजामौली, रामचरण र जुनियर एनटीआरले ओस्कार समारोहमा भाग लिन शुल्क तिर्नुपरेको थियो । अवार्ड हेर्न राजामौली र आरआरआरको टिमले टिकट किन्न २५ हजार डलर अर्थात् प्रतिव्यक्ति २०।६ लाख रुपैयाँ भारु तिरेको थियो । गीतकार चन्द्र बोस र संगीतकार एमएम कीरावाणी र उनका पत्नीहरूलाई मात्र समारोहमा निःशुल्क प्रवेश दिइएको थियो ।

इकोनोमिक टाइम्सका अनुसार गीतका लागि मनोनित भएकाले मात्र एमएम कीरावाणी, गीतकार चन्द्रबोस र उनीहरूका पत्नीहरूलाई समारोहमा निःशुल्क प्रवेश दिइयो । ओस्कारका अनुसार अवार्ड विजेता र उनका परिवारका सदस्यले मात्र निःशुल्क प्रवेश पाउँछन् । जबकि अन्य सबैले कार्यक्रम लाइभ हेर्न टिकट किन्नुपरेको थियो ।

अवार्डको क्रममा एउटा भिडियो भाइरल भएको थियो, जसलाई लिएर भारतीय फ्यानले असन्तुष्टि व्यक्त गरेका थिए । राजामौली र उनको परिवारलाई पछाडिको सिट दिइएको थियो । फ्यानले पछिल्लो लहरमा सिट दिइएकोप्रति निन्दा गरिरहेका छन् । गीतले ओस्कार जितेको फिल्मको टिमलाई अन्तिम लहरमा राख्नु अपमानजनक भएको उनीहरुको टिप्पणी छ ।

यसबाहेक अर्को पनि विवाद भयो । वास्तवमा, कमेडियन र टेलिभिजन होस्ट जिमी किमेल, जसले ओस्कार होस्ट गरेका थिए, कार्यक्रमको क्रममा आरआरआरलाई बलिउड फिल्म भने । मूल रूपमा तेलुगूमा बनेको यो फिल्मलाई बलिउड भनिंदा फ्यान निकै रिसाए । राजामौली आफैंले आरआरआर तेलुगू फिल्म भएको बताएका छन् ।

९५ औं ओस्कार अवार्ड समारोहमा भारत र बलिउडको दबदबा रहेको छ । ‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले उत्कृष्ट मौलिक गीतको अवार्ड जित्यो, जबकि द एलिफन्ट व्हिस्पर्स सर्वोत्कृष्ट डकुमेन्ट्री सर्ट फिल्म बन्यो । भारतले ओस्कारमा कुल तीनवटा मनोनयन प्राप्त गरेको थियो ।

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १0:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid