June 5, 2025 | बिहिबार, जेष्ठ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मिठो बोल्ने ‘महिला ट्रयापर’ विराटनगरको एशियाटीक होटलबाट पक्राउ

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १४:३४
मिठो बोल्ने ‘महिला ट्रयापर’ विराटनगरको एशियाटीक होटलबाट पक्राउ

विराटनगर । झापा अर्जुनधारा–८ का नेत्रप्रसाद गिरी र घैलाडुब्बा गाविस–१ का आयुश गिरी एउटै व्यक्ति हुन् । नेपालका दुई नागरिकताधारी नेत्र र आयुश गिरी भारतको आधार कार्डमा राजिव गिरी छन् । उनले भारतको आधार कार्ड कसरी लिएका हुन्, बेग्लै पाटो छ । नेपालको नागरिकता भने अर्जुनधारा बसोबास कायम रहेको सक्कली र घैलाडुब्बा गाविस–१ बसोबास भएको नक्कली भएको आशंका छ ।

छद्म नाम र कारोबार गर्दै महिलालाई फसाउन माहिर गिरी सोमबार विराटनगरको होटल एशियाटीकबाट पक्राउ परेका छन् । पीडित सुनसरी रामधुनी–३ सरस्वती कार्कीसहितको समूहले मोरङ प्रहरीलाई भनेर उनलाई पक्राउ गराउन सफल भएका हुन् ।

गिरी विरुद्ध प्रहरी प्रधान कार्यालयमा समेत ठगी विरुद्धको उजुरी रहेको छ । उनले देशभर २५ जना बढीलाई भिन्न–भिन्न कारोबारको वहानामा फसाएर रकम ठगी गरेको आरोप छ । त्यसमध्ये धेरै महिला पीडित रहेका छन् । छद्म नाम, छद्म कारोबारबाट महिलासँग जोडिएर गिरीले आफ्नो पकडमा राख्ने र गर्लफ्रेण्ड हुँदै श्रीमतीसम्म बनाएपछि छोड्ने गरेको आरोप छ ।

सुनसरी रामधनी –३ निवासी सरस्वती कार्कीलाई काठमाण्डौंमा नौ आना जग्गा पास गराउने बहानामा ३६ लाख रुपैँया ठगी गरेको आरोप छ । गत असारमा उनले २० लाख रुपैँया आनाले जग्गा दिने भन्दै सुरुमा ७ लाख नगद, १३ लाख आइपीएस र बाँकी नगद गरेर ३६ लाख लिएपछि सम्पर्कविहीन भएका थिए । कार्कीलाई जग्गा पास गरिदिने बताएर काठमाण्डौं बोलाएका उनी सम्पर्कविहीन भएपछि उनलाई खोजि गर्दा जडिबुटीमा उनले माइली श्रीमती राखेको कोठा भेटिएको थियो । तर, उनलाई नभेटाएकी कार्कीले जडिबुटीमा भेटिएकी गिरीकी माइली श्रीमतीबाट उनको विषयमा केहि जानकारी पाएकी थिइन् । गिरीसँगै रहेकी अर्की महिला कान्छी श्रीमती भएपनि दुवैजनाले दाजु–बहिनी भनेर चिनाउने गरेको कार्कीको दावी छ ।

उनी भारतीय गाडी नेपाल भित्र्याउँछन्
धेरै महिलालाई फसाउने झापाको अर्जुनधारा नगरपालिका–८ हात्तीकिल्लाका नेत्रप्रसाद गिरी (आयुश) ले भारतबाट सवारीसाधन ल्याएर नेपालमा नक्कली कागजपत्र बनाउँदै बिक्री गर्ने गरेको खुलेको छ ।
गिरीले झापाको बिर्तामोडका एकजना व्यवसायीसँगको मिलेमतोमा नक्कली कागजपत्र बनाउने गरेका हुन् । गिरीले भारतबाट गाडी नेपाल ल्याउँछन् । नेपालमा रहेका उनका साझेदारले यातायात व्यवस्था कार्यालय इटहरीका कर्मचारीसँगको मिलेमतोमा नक्कली ढड्डा तयार गरेर सक्कली बनाउने गरेको दावी छ ।

खासगरी कार वास सेन्टर र ग्यारेजमा गएका गाडीधनीलाई ‘आफू अप्ठ्यारोमा परेकाले सस्तैमा बिक्री गर्नुपर्ने’ भन्दै गिरीले फसाउने गरेको बताइन्छ । गिरीले बिक्री गरेका गाडीको अनलाइनमा समेत विवरण आउने बनाइएको छ । अनलाइनमा इन्ट्री गर्ने प्राविधिकसहित यातायात व्यवस्था कार्यालयका कर्मचारीसँग गिरीको सेटिङ रहने गरेको आरोप छ ।

मोरङ प्रहरीका प्रमुख दिपक पोखरेलले गिरीलाई होटलबाट प्रहरी कार्यालय ल्याइएको जानकारी दिए । उनले उनको ठगीधन्दाका बारेमा बुझेर मुद्दा कसरी चलाउने भन्ने विषयमा अनुसन्धान भईरहेको जानकारी दिए । धेरैतिर उजुरी भएपनि मोरङ प्रहरीमा अहिलेसम्म उजुरी परेको छैन । पीडितको आग्रहमा उनलाई कार्यालयमा ल्याएर बुझ्ने काम मात्रै भईरहेको बताइएको छ ।

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १४:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट