sweet bonanza
February 1, 2026 | आइतवार, माघ २०, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

सरकारको विकासको ‘मोडेल’ : खानलाई पानी र हिँड्न बाटो छैन, नाच्नलाई घर !

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १६:३४
सरकारको विकासको ‘मोडेल’ : खानलाई पानी र हिँड्न बाटो छैन, नाच्नलाई घर !

 

दाङ । रातो जस्तापाताको छानो, सेतो पेन्टले पोतेको ठूलो नाचघरसँग सटेको छ रातो कमेरोले लिपेको सानो टिनको छाप्रो । हावाहुरीले नउडाओेस् भनि छानो ढुङ्गा र बासले दाबिएको छ । आकाशे पानीले भित्ता र पेटी फतक्क भिजाएको छ । भित्ताको रातो कमेरोको रङ उडेको छ । त्यही रङ उडेको भित्ता, टिनले छोपेको दुई कोठे छाप्रोमा बस्छन् घोराही उपमहानगरपालिका–१८, घोरदौराका ७२ वर्षीय टेकबहादुर पुन मगर र उनका दुई नातिनी ।

टेकबहादुर राम्रोसँग हिँड्डुल गर्नमात्रै होइन, आँखासमेत देख्दैनन् । एक प्रकारले भन्ने हो भने टेकबहादुरको अवस्था जस्तो छ, उनको घरको अवस्था पनि उस्तै छ ।

घर खर्चका लागि उनका छोराबुहारी भारत पसेका छन् । घरमा बेसाहा गरेर खानुपर्ने बाध्यता छ । बेसाहा गर्न उनलाई त्यो अवस्थामा पनि घोराही बजार नझरी सुख छैन । यतिले मात्र कहाँ सुख पाउँछन् र उनले रु बेसाहा अनाजलाई पकाउने पानी लिन दुई घण्टा टाढा पुग्नुपर्छ ।उनले भने, ‘सरकारले घरछेउ नाचघर बनाएको छ तर त्यो भन्दा त गाउँमा राम्रो बाटो र घरघरमा खानेपानीको धारा ल्याइदिएको भए हामीजस्तालाई धन्य हुने थियो नि १’

तर सरकारले बाटोघाटो, खानेपानी, विद्युत सेवाको विकास गरी दुर्गम पहाडी गाउँलेलाई सुख दिन्छ कि भन्ने आशामा बसेका बेला गाउँको पीडा र अभाव एकातिर, सरकारको विकासको योजना अर्कातिर हँुदा आफूहरुजस्ताले विकासको महसुस गर्न नपाएको उनले बताए । उनले थपे, ‘हिँड्ने राम्रो बाटो छैन, एक गाग्री पानी लिन दुई घण्टा टाढा जानु पर्छ ।’

घोरदौरामा ८४ घरधुरीको बसोवास छ, जहाँ खानेपानीका ६ वटा सार्वजानिक धारा छन् । त्यो धारामा पनि कहिले पानी आउँछ, कहिले आउँदैन । जसका कारण गाउँवासीले खानेपानीको अभाव झेल्नु परेको छ ।

उनले थपे, ‘विकासको नाममा यहाँ नाचघर बन्यो, नाचघरले हाम्रो पीडा र अभाव कहाँ मेटाउन सक्छ र ?’

सरकारले नाचघर निर्माणका लागि १ करोड ६ लाख ४७ हजार रुपैयाँ खर्च गरिसकेको छ । यो रकम खानेपानी र सडकमा सरकारले लगानी गरेको भए घोरदौरावासीको दुःख र कष्टमा धेरथोर भए पनि मलम लगाउन सक्ने उनको भनाइ छ । तर सरकारले घौरदौरावासीको पीडा एकातिर, विकासको योजना अर्कातिर हुँदा आफूहरुलाई जस्ताको तस्तै बनाएको उनले बताए ।

सधैँको चुनावी नारा– बाटो र पानी

घोरदौरावासीका लागि खानेपानी र सडकको समस्या पुरानै हो । गाउँमा खानेपानीको धारा र कालोपत्रे बाटो आउँछ भन्ने आश्वासन पनि उनीहरुका लागि नयाँ होइन ।

खानेपानी र सडक पूर्वाधार योजना अभावमा कष्टकर जीवन बिताइरहेको घौरदौरावासीको लागि सधैँको चुनावी नारा नै खानेपानी र सडक हो । तर अझै पूरा नहुँदा उनीहरु निराश बनेका छन् । घोरदौरामा खानेपानी सडक पु¥याउने चुनावी नारो २०५४ सालदेखि निरन्तर सुनिएको छ । तर कार्यान्वयनमा त्यसले अझै सार्थकता नपाएको ४६ वर्षीय स्थानीय कमल थापा मगरले बताए ।

उनले भने, ‘नाचघर बनाउनुभन्दा खानेपानी ट्याङ्की बनाएको भए हुन्थ्यो । त्यो नभए पनि बाटो बनाएको भए हुन्थ्यो । यो दुर्गममा सरकारले नाचघर बनायो तर हामीलाई त्यसले विकासको अनुभूति दिन सकेन ।’

घोराही बजारबाट करिब ५ किलोमिटर उत्तरी पहाडी क्षेत्रमा अवस्थित घोरदौरा पर्यटकीय क्षेत्रको विकास लागि सरकारले नाचघर निर्माण गरे पनि खानेपानी, सडक पूर्वाधार र बिजुली विस्तार अभावका कारण गाउँको मुहार फेरिन सकेको छैन ।

घोरदौरा क्षेत्रको विकास लागि सरकारले निर्माण गरेको नाचघर पनि निर्माणाधीन अवस्थामा अलपत्र छ ।

‘हाम्रा लागि नाचघर निल्नु न ओकल्नु भो’

घौरदौरामा प्रदेशस्तरकै सांस्कृतिक डबली केन्द्र ९नाचघर० बनाइएको छ । त्यो नाचघरले घोरदौरावासीलाई विकासको महसुस गराउन सकेको छैन । थापाले भने, ‘के विकास दियो सरकारले हामीलाई रु पानी र बाटो भन्दै नेतादेखि सरकारसम्म वर्षौं धायौं । अन्तिममा न पानी दियो, न बाटो आयो । यो निल्नु न ओकल्नुको नाचघर दियो ।’

नाचघर तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको ‘ड्रिम प्रोजेक्ट’ मानिन्छ । सडक, खानेपानी अभावका कारण बालबालिकाले विद्यालय छोड्नुपर्ने अवस्था भएको क्षेत्रमा सरकारले स्थानीयवासीका लागि पहिलो आवश्यकता के हो भन्ने नबुझेर नै ‘आवश्यकता एकातिर, काम अर्कोतिर’ गरेको स्थानीयवासी बताउँछन् ।

थापा भन्छन्, ‘छोराछोरी बिहान पानी लिन जान्छन्, फर्किन अबेर भए स्कूल जान पाउँदैनन्, पानी परे बाटो हिलाम्ये हुँदा स्कूल जान पाउँदैनन् । तल घोराही बजारको उज्यालो हेरेर अँध्यारो रात बिताउनु पर्छ । के हाम्रा लागि विकास यही हो ?’

सरकारले नागरिकमुखी भन्दा कार्यकर्तामुखी योजना निर्माण गर्दा विकासको अभावमा गाउँ अझै पछाडि परिरहेको उनले सुनाए ।

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १६:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid