May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रचण्डलाई ओलीको च्यालेञ्ज : तपाईं वैशाखभन्दा उता जानुहुन्न

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १९:0४
प्रचण्डलाई ओलीको च्यालेञ्ज : तपाईं वैशाखभन्दा उता जानुहुन्न

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुट्ने बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको सम्वाद प्रतिनिधिसभा बैठकमा सुनाएका छन् ।

राष्ट्रपतिको उम्मेदवारी मनोनयन (१३ फागुन) अघि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले र एमाले अध्यक्ष ओलीसँग निकै पटक सम्वाद गरेका थिए । अन्तिम अन्तिमको छलफलमा आफूले दुबै जना मिलेर कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव राख्दा ओलीले अस्वीकार गरेको प्रचण्डले सुनाए ।

त्यसक्रममा ओलीले आफूलाई धेरै ठूलो शिक्षासमेत दिएर पठाएको भन्दै प्रचण्डले भने, ‘उहाँले मलाई पटक–पटक तपाईं वैशाखभन्दा उता जानुहुन्न । वैशाखमा राष्ट्रपतिको बायाँ पट्टी लविमा तपाई र म एकै ठाउँमा हुन्छौं भन्नुभएको छ ।’

प्रचण्ड प्रधानमन्त्रीबाट हट्ने र पूर्वप्रधानमन्त्रीको लहरमा आफूसँगै बस्न आइपुग्ने ओलीको भनाइ थियो । एमाले नेताहरुले पनि सार्वजनिक रुपमै कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूहरुले सघाउने बताउँदै आएका छन् ।

आइतबार विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि डेढ २ महिनामै फेरि विश्वासको मत लिने अवस्था आउन सक्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले भने, उहाँ (ओली) को भनाइलाई पुष्टि गर्ने कि फेल गर्ने हाम्रो हातमा छ ।’

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १९:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट