sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ ११:३४
दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

काठमाडौँ । माइती इन्डिया, लब नेपाल, लब एण्ड होपको पहलमा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका स्थायी ठेगाना भएकी वर्ष २० की कल्पना (परिवर्तित नाम) लाई मानव तस्करीका गिरोहले दुवईमा पाँच लाख चार हजार नेपाली रुपैयाँमा बिक्री गरेका थिए । उक्त मानव तस्कर गिरोहमा वर्ष ३२ का दीपक मगर, वर्ष ३० को मौसम, वर्ष ३५ को पाकिस्तानी नागरिक समीर, मिना डोल्मा लगायतको संलग्नता रहेको पीडितले बताएकी छन् ।

कक्षा १२ मा अध्ययनरत कल्पना घरको कमजोर आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारीमा जाने मनस्थितिमा थिइन् । उनको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै मानव तस्करहरुले उनलाई प्रलोभनमा पारी दुबई पुर्याएर बिक्री गरेको खुल्न आएको हो । उनलाई मानव तस्कर गिरोहले गत माघ २ गते एयर अरेबियाको जहाजमार्फत दुबई पुर्याएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम भनिने मानव तस्कर उनलाई पुर्याउन आफैं पुगेकोसमेत खुल्न आएको छ ।

घटनाको जानकारी पाएका स्वीडेन नागरिक जोनाथन र जोन अबलेन लभ नेपालको अध्यक्ष बालकृष्ण पाण्डे र माइती इन्डियाकी निर्देशक पुजा पाण्डेलाई उद्दारका लागि  अनुरोध गरेका थिए । सोही बमोजिम बालकृष्ण र पुजाको संयुक्त टिमले परराष्ट्र मन्त्रालय, नेपाल प्रहरीको मानव बेचविखन तथा अनुसन्धान वियुरोको आवश्य समन्वयमा उनको उद्दार गरिएको हो ।

‘हामी आफैं दुबई पुगेर उनको उद्दार गरेका हौं । यसमा दुवैस्थित नेपाली दूतावास, नेपाली जनसम्पर्क समिति युएई, एनआरएन युएई लगायतको महत्वपूर्ण सहयोग रह्यो । अहिले पीडितको अवस्था एकदमै नाजुक छ । उनको स्वास्थ्य उपचार चलिरहेको छ,’ समाजसेवी बालकृष्ण पाण्डेले   भने ।

उद्दारकर्ताहरुको निवेदनमा अहिले मानव बेचविखन तथा अनुसन्धान ब्युरोले अनुसन्धान थालिसकेकोसमेत पाण्डेले जानकारी गराए । स्वीडेन नागरिक जोनाथन र जोन अबलेनले उनको शिक्षा कक्षा १ देखि नै सहयोग गर्दै आएका थिए । उनी बेचिएको थाहा पाएपछि जोनाथन आफैं पनि दुबई पुगेर उद्दारमा लागिपरेको समाजसेवी लभ नेपालमा अयक्ष पाण्डेले बताए ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ ११:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid