May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मैथिली भाषाको विकासमा योगदान गर्ने पाँच जना पुरस्कृत

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ 0८:१६
मैथिली भाषाको विकासमा योगदान गर्ने पाँच जना पुरस्कृत

विराटनगर । मैथिली भाषाको विकास एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने पाँच जनालाई नगदसहित पुरस्कृत गरिएको छ ।

मैथिल सञ्चारकर्मी सङ्घ नेपाल कोशी प्रदेशद्वारा आज यहाँ आयोजित एक समारोहमा उहाँहरुलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा इन्द्र मिथिला गौरव सम्मानबाट धीरेन्द्र प्रेमहर्षी नगद रु २१ हजार एक सय ११, उज्ज्वल मिथिला नछत्र गौरव सम्मानबाट रामा मण्डल रु ११ हजार एक सय ११, रघुनाथ गुप्ता स्वतन्त्र सेनानी पुरस्कारबाट राधादेवी मण्डल रु सात हजार एक सय ५१ रामपरिदेवी पत्रकार पुरस्कारबाट ब्रह्मदेव यादव रु पाँच हजार एक सय ११ र कौशल्या मुसहरी स्मृति पुरस्कारबाट सुश्री श्रेयालाई रु पाँच हजार एवं सम्मान पत्रबाट पुरस्कृत गरिएको छ ।

सो अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पुरस्कार वितरण गर्दै राजनीतिक दलमा रहेका नेताले आफ्नो मातृभाषा एवं संस्कृतिको संरक्षणका लागि कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले सभ्यता र संस्कृतिको जर्गेनामा भाषाको महत्वपूर्ण योगदान हुन्छ भन्दै यो ज्ञानको प्रशारक भएको धारणा राख्नुभयो ।

अध्यक्ष झाले मैथिली भाषामा गरिने अध्ययन, लेखन, बोलचाल तथा पत्रकारिताबाट मात्र यो भाषाको विकास र संरक्षण हुने विचार राख्नुभयो । उहाँले राससले आगामी एक वर्षभित्र मैथिली भाषामा समाचार बुलेटिन प्रकाशन गर्ने योजना बनाएको जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका सदस्य योगेन्द्र मण्डलले यस क्षेत्रमा बसोबास गर्ने विपन्न मैथिली भाषीलाई शिक्षामा पहुँच पु¥याउन आवश्यक सहयोग गर्ने बताउनुभयो । कोशी प्रदेशका पूर्वमन्त्री जयराम यादवले मैथिली सञ्चारकर्मीलाई आफ्नो बुबा बर्जु यादवको नाममा रु एक लाख २१ हजार एक सय ११ को अक्षय कोष स्थापना गर्ने घोषणा गर्नुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जनताको अधिकार स्थापना गर्न राजनीतिक दलका नेतृत्वले नीति निर्माण तहमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घका अध्यक्ष नवीन कर्ण, महासचिव वीरेन्द्रकुमार साह र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनालले नेपालको दोस्रो ठूलो भाषा रहेको मैथिलीको विकासका लागि सञ्चारकर्मीहरुले कलम चलाउनुपर्ने सुझाव दिनुभयो ।

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ 0८:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट