April 4, 2025 | शुक्रबार, चैत्र २२, २०८१
सुचनाहरु
अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको?  झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं?  यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान  कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश  काठमाडौ महानगरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएरै छाडे  नाच्दै गाउँदै शिक्षकहरुले गरे बेग्लै बिरोध प्रर्दशन सगरमाथा आधार शिविरमा काम गर्ने श्रमिकको गयो ज्यान   प्रधानमन्त्री ओलीले र भारतीय समकक्षी मोदीलाई थाइल्याण्डमा भेट्दै खानेतेलको मूल्य प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढ्यो   २५ करोडका मालिकको पहिचान   जडिबुटिमा राजावादी प्रदर्शनकारीको आगजनीले २८ करोडभन्दा बढीको क्षति शिक्षकहरु फेरी उत्रिए राजधानी केन्द्रित आन्दोलनमा तिनकुने प्रदर्शनमा ज्यान गुमाउने सुरेश र सबिनको परीवारलाई  सरकारले १०–१० लाख दिने शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै

जतिबेला पनि बच्चालाई प्रशंसा गर्दा निस्कने परिणाम

  • साझा परिवेश
  • सोमवार, चैत्र २०, २०७९ १६:४0
जतिबेला पनि बच्चालाई प्रशंसा गर्दा निस्कने परिणाम

काठमाडौं 

‘अहो, तिमीले कति राम्रो गरेको ।’

‘मेरो बच्चा कति ज्ञानी ।’
‘मेरो बच्चाले अरुले जस्तो दुःख दिंदैन ।’

‘तिमी धेरै जान्ने छौ ।’

हरेक आमाबुवा चाहन्छन्, आफ्ना बालबच्चाको अनुहार सधैं उज्यालो होस् । सधैं हाँसीखुसी होस् । त्यसैले उनीहरुलाई कसरी खुसी बनाउने भन्ने बहाना खोजिरहेका हुन्छौं हामी । हाम्रा बालबच्चा के गर्दा खुसी हुन्छन् ? के गर्दा उनीहरुको अनुहारमा मुस्कान छाउँछ ?

सजिलो सूत्र हो, प्रशंसा ।

पाइला–पाइलामा प्रशंसा

जब बच्चाको प्रशंसा गर्न थालिन्छ, उनीहरु मख्ख पर्छन् । मनैबाट खुसी हुन्छन् । उनीहरुको खुसीले हामीलाई पनि खुसी तुल्याउँछ । यद्यपि यहाँ आइपुगेपछि हामी के गल्ती गर्छौं भने बच्चालाई खुसी राख्न हरदम प्रशंसा गरिदिन्छौं ।

बच्चालाई खुसी देख्न जतिबेला पनि हामी उनीहरुको प्रशंसा गर्न थाल्छौं । यसले क्षणिक रुपमा त उनीहरुलाई खुसी बनाउँछ तर यससँगै खराब मनोविज्ञानले पनि प्रश्रय पाउन थाल्छ । नतिजा के हुन्छ भने उनीहरु सधैं प्रशंसाको भोको हुन थाल्छन् । राम्ररी भात खाइदिए पनि आमाबुवाको प्रशंसा चाहिने, गृहकार्य गरे पनि आमाबुवाको प्रशंसा चाहिने, खेलौना मिलाएर राखे पनि प्रशंसा चाहिने ।

यस्तो अवस्थामा उनीहरुलाई पाइला–पाइलामा प्रशंसा गरिरहनुपर्ने हुन्छ । यो मनोविज्ञान बाल्यकालमा सीमित रहँदैन । उनीहरु हुर्कंदै जाँदा पनि यसको धङधङीले छाड्दैन । अनि सधैंभर उनीहरु प्रशंसाको भोको बन्न पुग्छन् ।

प्रत्युत्पादक प्रशंसा

कसैलाई कुनै कामका लागि प्रशंसा गरिन्छ भने त्यसले उनलाई हौसला प्रदान गर्छ । प्रेरणा र ऊर्जा पनि प्रदान गर्छ । तर उनीहरुलाई लाग्नुपर्छ आफूले गरेको काम सही थियो, सही ढंगले गरिएको थियो । आफ्नो बल, विवेक, ढंग, मेहनत र परिश्रमले कुनै काम गरेवापत प्रशंसा पाइयो । यस्तो प्रशंसाले आफ्नो काममा थप प्रेरणा मिल्छ ।

तर जुनसुकै बेला प्रशंसा मात्र गरिरहँदा त्यसको मूल्य मात्र घट्ने होइन यसले उल्टो नतिजा दिन थाल्छ । चाहिने–नचाहिने अवस्थामा प्रशंसा गर्दा उनीहरुमा अहंकार, दम्भ विकास हुन थाल्छ । अनि आफूले गरेको काम सबै सही हो भन्ने भ्रम पर्न थाल्छ ।
जे गर्दा पनि आमाबुवाले ‘वाह’, ‘स्याबास्’, ‘राम्रो’ मात्र भनिदिएपछि उनीहरुले नराम्रो र राम्रोको भेद पनि छुट्याउन सक्दैनन् । त्यसैले जे गर्दा पनि हुन्छ भन्ने मनोविज्ञान विकास हुन थाल्छ । यसले उनीहरुलाई खुसी होइन, बरु घमण्डी एवं अहंकारी बनाउने जोखिम हुन्छ ।

प्र्रंशसा होस् पुरस्कार

आम मनोविज्ञान के हुन्छ भने सहजै प्राप्त हुने कुरालाई खास भाउ नदिने । जब कुनै कुरा कठिनतापूर्वक प्राप्त हुन्छ, त्यसको भने खास मोल हुन्छ । प्रशंसाको हकमा पनि यो लागु हुन्छ ।
यदि हामी आफ्ना बालबच्चालाई जुनसुकै बेला प्रशंसा मात्र गरिरहन्छौं भने यस्तो प्रशंसाको मोल पनि घट्दै जान्छ । मानौं, उनीहरुले कुनै दिन ठूलै उपलब्धि हासिल ग¥यो भने के गर्ने ? प्रशंसा मात्र गरेर त उनीहरु अघाउँदैनन् । सानोतिनो काममा पनि त प्रशंसा त पाइन्थ्यो नि भन्ने कुरा उनीहरुमा छाप परिसकेको हुन्छ ।

यसको अर्थ के हो भने हामीले बालबच्चालाई जुन प्रशंसा गर्छौं, त्यसको पनि मूल्य बढाउनुपर्छ । उनीहरुले जुन काम कठिनतापूर्वक, मेहनतसाथ, बुद्धिमता ढंगले गरेका छन् त्यस क्षण मात्र उनीहरुको प्रशंसा गर्नुपर्छ । यसले गर्दा उनीहरुलाई बुवाआमाको प्रशंसा पनि ठूलै पुरस्कार जस्तो महत्व हुन्छ । किनभने दुर्लभ कुराको महत्व सधैं नै हुन्छ ।
गल्तीलाई पनि हाँसेर स्वीकार नगरौं

बच्चालाई तारिफ मात्र गर्ने होइन, उनीहरुलाई गलत कुराको बोध पनि गराउनुपर्छ । जब उनीहरुले नचाहिने काम गर्छन् वा चाहिने काम गर्दैनन्, त्यस्तो बेला उनीहरुलाई सो कुरा किन गलत थियो भनेर सिकाउनु जरुरी हुन्छ ।

जब बच्चाले कुनै गलत काम गर्छन्, बुवाआमाले त्यो गलत हो भनिदिएनन् भने उनीहरु गलत र सही कामको मूल्यांकन गर्न सक्दैनन् । ‘मैले जे गरे पनि छुट हुन्छ,’ भन्ने मनोविज्ञानले उनीहरुलाई ग्रस्त बनाउँछ । त्यसैले बच्चाले कुनै गलत काम गरेमा हाँसेर टार्ने भन्दा पनि त्यसबारे उनीहरुलाई बोध गराउनु जरुरी हुन्छ ।

(कान्ति चिल्ड्रेन अस्पतालका बाल मनोचिकित्सक डा. उत्कर्ष कार्कीसँगको कुराकानीमा आधारित)

  • साझा परिवेश
  • सोमवार, चैत्र २०, २०७९ १६:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट