May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ठूला अस्पतालका स्वास्थ्यकर्मीमा बढ्न थाल्यो कोरोना संक्रमण

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १७:४७
ठूला अस्पतालका स्वास्थ्यकर्मीमा बढ्न थाल्यो कोरोना संक्रमण

काठमाडौं । काठमाडौंका ठूला अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा प्रभावित हुन थालेका छन् ।

मीनभवनस्थित निजामती अस्पतालमा पछिल्लो १० दिनमा २५ जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलका अनुसार स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।

‘चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मी संक्रमित हुँदा इन्डोस्कपी, ईसीजी लगायतका सेवा तीन–चार दिन नै बन्द गर्नुपर्‍यो’, डा. पौडेलले अनलाइनखबरसँग भने, ‘संक्रमित भएका स्वास्थ्यकर्मीलाई पाँच दिनको होम आइसोलेसन राखेर पुनः सेवामा फर्काएका छौं ।’

संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या बढेपछि संक्रमित कर्मचारीलाई पालैपालो होम आइसोलेसनमा राखेर ड्युटी मिलाइएको उनले बताए ।

यस्तै, वीर अस्पतालमा पनि सात जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका कोरोना फोकल डा. उमेश बोगटीका अनुसार पछिल्ला दिनमा स्वास्थ्यकर्मी संक्रमण हुने संख्या बढ्दै गएको छ ।

‘अहिले दैनिक दुई/तीन जनामा संक्रमण थपिदै गएपछि हामीले अनिवार्य रुपमा एन्टिजेन परीक्षण अनिवार्य गरेका छौं’, डा. बोगटीले भने ।

त्रिवि शिक्षण अस्पतालमा पनि सातजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका कोभिड फोकल पर्सन डा. निरज बमका अनुसार संक्रमित भएका सबै सामान्य किसिमका छन् । ‘हामीले संक्रमण देखिएपछि पाँच दिन बिदा दिएका छौं । यसैगरी संक्रमण बढ्दै जाने हो भने सेवा प्रवाहमा कठिन पर्ने देखिन्छ’, डा. बमले भने ।

स्वास्थ्य मन्त्रालयको बुधबारसम्मको तथ्यांकमा देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३२२ पुगेको छ । १७ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् भने चारजना आईसीयूमा र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १७:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट