sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

तिनजुरेतिर यसपालि गुराँस नफुल्दा घुम्न पुग्नेहरू निराश

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ 0९:२१
तिनजुरेतिर यसपालि गुराँस नफुल्दा घुम्न पुग्नेहरू निराश

वसन्तपुर।  वसन्तपुरको चो?लुङ पार्कमा बुधवार मध्यान्ह महिला सुरक्षाकर्मी आगन्तुकहरूलाई कराउँदै थिइन् ‘त्यो बोट नहल्लाउनोस् ।’ त्यहाँ ससाना कलमी बोटमा फुलेका गुराँसको फुल आगन्तुकहरूबाट जोगाउन उनी विशेष रूपमा खटिएकी थिइन् ।

पार्कमा गुराँसका धेरै प्रजातिका कलमी बोटहरू भएपनि यसपालि केही बोटमा मात्र गुराँस फुलेका थिए । गुराँसको राजधानी तिनजुरे तिर यसपालि गुराँस फाटफुट बाहेक राताम्यै फुलेन ।

टुटे देउराली मास्तिर तिनजुरेको जङ्गलै गुराँसको जङ्गल हो । गुराँसको मनमोहक दृश्य हेर्न आउने आन्तरिक पर्यटकहरू निराश थिए । जङ्गलमा गुराँस फुलेको नदेखिएपछि आगन्तुकहरू गुराँस हेर्न चो?लुङ पार्क तिर झरिरहेका थिए ।

पार्कका केही बोटहरूमा झ्याम्मे फुलेको मनमोहक गुराँसमा फोटो खिच्नेहरूले बोटै समातेर हल्लाउने गरेकाले गुराँस जोगाउन खटिएका हुन् । उनी भन्दै थिइन् ‘यसपालि यहाँ पनि गुराँस फुलेन, फुलेका बोटहरू जोगाउन गाह्रो भयो ।’

गुराँस हेर्नकै लागि हामी परिवार सहित तिनजुरे तिर गएका थियौँ । टुटे देउराली मास्तिर रक गार्डेनको जंगलमा पनि कतै गुराँस फुलेको देखिएन । गुराँस फुल्ने याम चैत वैशाख हो । त्यहाँ झापाको गौरादहबाट पिकनिक खान समेत आएको टोली गुराँस नफुलेको पाउँदा निराश थिए ।

टोलीकी अगुवा महिला पार्क प्रवेश गर्दैगर्दा भन्दै थिइन् ‘गुराँस हेर्नकै लागि टाढाबाट आयौंं, बढो नरमाइलो पो भो ।’ पार्कको जङ्गलका कुनै कुनै बोटहरूमा फाट्टफुट्ट गुराँस फुलेको देखिन्थे । मानौँ त्यसले भनिरहेको छ ‘गुराँस फुल्ने बेला अहिले नै हो ।’

मुलगेटमा टिकट काट्न बसेकी महिलाले भनिन् ‘खै यसपालि वैशाख तिर आउनु भो भने फुलेको पाउनु हुने हो कि ?’ स्थानिय रैथानेहरूलाई पनि गुराँस नफुल्दा बढो नरमाइलो लाग्दो रहेछ भन्ने अनुभूति उनले हामीलाई गराइन् ।

रक गार्डेन जंगलमा गुराँस फुलेको नदेखिएपछि हाम्रा गाडिका ‘गुरु जी’ले भने ‘तिनजुरे जाने बाटोका जंगलमा हेरौँ न ।’ ताप्लेजुङ जाने नयाँ बाटो बन्दै गरेको उबड खाबड उकालो सडकको उत्तर, दक्षिण जंगलमा फाट्टफुट्ट बोटहरूमा झ्याम्मै गुराँस देखिए ।

तर, पहिले जस्तो जङ्गलै गुराँसले राताम्यै देखिएन । पुराना वृद्ध रुखमा गुराँस फुलेको देखिएन । फुलेका केही गुराँसका रुखहरू नयाँ बोट जस्ता देखिए । एकै लहरमा गुराँस फुुलेका थिएनन् । कुनै सडकको छेउ, कुनै टाढा जङ्गलका बिच गुराँस फुलेको देखिनु पनि नयाँ रमाइलो दृश्य लाग्दथ्यो ।

जलवायु परिवर्तनको बढ्दो प्रभावको कारण यस्तो भएको हो कि ? भन्ने बारेमा भने कसैले चिन्ता गरेको पाइएन । उनीहरू आँप, लिची फलफूलहरू पनि कुनै साल फल्ने कुनै साल नफल्ने गरेको उदाहरण दिइरहेको पाइए ।

चो?लुङ पार्ककी महिला सुरक्षाकर्मीले भने जलवायु परिवर्तनको मिल्दोजुल्दो अनुभव बताइन् । यसपालि याम अनुसार वर्षा भएन । त्यसलै गुराँस पनि फुलेन । माघमा हुनुपर्ने वर्षा चैतमा भयो । तिनजुरै तिर धनकुटा जोरपाटीबाट पुगेका महिलाहरू भन्दै थिए ‘मलमास (अधिकमास)को कारण गुराँस नफुलेको हो ।’

तिनजुरे, मिल्के जलजले गुराँस पर्यटनको लागि प्रसिद्ध छ । अहिलेकै सिजनमा त्यहाँ फुल्ने गुराँसको रमणीय दृश्यावलोकन गर्न हजारौँ पर्यटकहरू पुग्छ । गुराँस फुलेको दृश्य, पर्यटकहरूका भिड ठुला मिडियामा मुख्य समाचार समेत बन्ने गर्दै आएको छ ।

यसपालि भने गुराँस फुलेन । आन्तरिक तथा बाह्य पर्यटकहरूको भिड देखिन्न । बेला यही हो भने घुम्न पुग्नेहरू पनि निराश भएर फकिने गरेका छन् । ठुला मिडियामा गुराँस किन फुलेन ? भनेर समाचार आएको कतै देखिन्न ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ 0९:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid