sweet bonanza
February 19, 2026 | बिहिबार, फाल्गुन ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मृत सुस्मिता पाठक यिनै हुन् सिभिल अस्पतालकी डाक्टर थिइन्

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १३:0९
मृत सुस्मिता पाठक यिनै हुन् सिभिल अस्पतालकी डाक्टर थिइन्

काठमाडौं 

एक डाक्टर आफ्नै कोठामा मृत भेटिएकी छन् । सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक इमाडोलस्थित आफ्नै कोठामा मृत भेटिएकी हुन् । जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी मनोजकुमार लामाले यसको पुष्टि गर्नुभएको थियो ।

उहाँका अनुसार मंगलबार दिउँसो २ बजे उनी मृत फेला परेकी हुन् । मृतक डाक्टर जलेश्वर नगरपालिका–९ महोत्तरी स्थायी घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोलमा बस्दै आएकी थिइन् ।

उनी इमाडोलस्थित कृष्ण सुवेदीको घरमा भाडामा बस्थिन् । २७ वर्षीया डाक्टर पाठक आफू बस्ने गरेको कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा मृत फेला परेकी हुन् । दिउँसो २ बजेसम्म पनि डाक्टर पाठक बस्ने कोठा नखुलेपछि घरबेटीले प्रहरीलाई जानकारी गराएका हुन् ।

त्यसपछि सातदोबाटो र इमाडोलबाट प्रहरी टोली गई स्थानीय जनप्रतिनिधि र डाक्टर पाठकको आफन्तको रोहवरमा बन्द कोठा फोडेको थियो । शव कोठाको भुइँमा थियो । खाटमा औषधि भएको सिरिन्ज, उपचारको क्रममा प्रयोग हुने औषधिका खाली बट्टाहरु, दायाँ हातको हत्केलामा खाली सिरिन्ज र बायाँ हातमा क्यानोन लगाएको अवस्थामा मृत शरीर फेला परेको छ ।

अविवाहित डाक्टर पाठक केही महिनाअघिबाट सुवेदीको घरमा बस्न थालेकी थिइन् । घटनाबारे प्रहरीले आवश्यक थप अनुसन्धान थालेको छ ।मृदुभाषी बिरामीलाईपनि राम्रोसँगले बोलाउने, राम्रो व्यवहार गर्ने भएकाले उनी सबैको मनमा बस्न थालेकी थिइन् । मृत्युको कारण भने अझै खुलेको छैन।

 

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १३:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid