१५ किलोग्राम बालुवासहितको डोको बोकेर प्रतियोगीहरुले १३ किलोमीटरको दुरी पार गर्न प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगितामा निर्धारित दुरी १ घण्टा ४ मीनेट ३१ सेकेण्डमा पार गर्दै फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बू बिजयी भएका छन् ।

१ घण्टा ४ मीनेट ४४ सेकेण्डमा दुरी पार गर्दै मैवाखोला गाउँपालिकाका प्रकाश लिम्बू दोश्रो र १ घण्टा ५ मीनेट ३० सेकेण्डमा दुरी पार गरेर फक्ताङलुङ गाउँपालिकाका छत्रबहादुर बहादुर कार्की तेश्रो भएका छन् ।
ताप्लेजुङमा सञ्चालित दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलाको अवसरमा डोको क्यारी रन प्रतियोगिता आयोजना गरिएको हो ।
 
 
             


 
                                         
                                                 
                                                     
                                                     
                                                     
                                                     
                                                     
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    