WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-7caf9f-3fe53.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `wp_postmeta`


काठमाडौं
प्रहरीले ४२ टन चिनीसहित दुई ट्रक नियन्त्रणमा लिएको छ। पश्चिम नवलपरासीको बर्दघाटबाट प्रज्ञानपत्रमा उल्लेख भएको भन्दा बढि करिब ४२ टन चिनीसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको हो।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीले आइतबार उक्त चिनीसहित ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन्।
नारायणगढबाट बुटवलतर्फ जाँदै गरेकव ना छ ख ३८४१ नम्बरको ट्रकलाई बर्दघाटको दाउन्नेस्थित एसमोडबाट र लु २ ख ९० नम्बरको ट्रक बर्दघाट चिसापानीस्थित गाडी ग्यारेजमा रोकी राखेको अवस्थामा नियन्त्रणमा लिएको हो।
बरामद चिनी र ट्रक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा बुझाइको प्रहरीले जनाएको छ।
