sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अवसर दिए निजी क्षेत्रले समुन्नति ल्याउन सक्छः अध्यक्ष गोल्छा

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १५:१२
अवसर दिए निजी क्षेत्रले समुन्नति ल्याउन सक्छः अध्यक्ष गोल्छा

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले अवसर दिए निजी क्षेत्रले  मुलुकमा समुन्नति ल्याउने बताउनुभएको छ।
मंगलबार महासंघको ५७ औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताउनुभएको हो ।

उहाँले उद्योगी तथा व्यवसायीबीचको सहकार्य सर्वसाधारण र सरकारको समुन्नतिका लागि हुनुपर्ने बताउनुभयो। उहाँले पछिल्लो समय अर्थतन्त्रमा
देखिएको निराशा लामो समय नरहने बताउनुभयो। उहाँले तत्कालका लागि व्यवसायमा कठिन भए पनि व्यवसायीले नै मुलुकमा समुन्नति कोर्ने दाबी गर्नुभयो।

उहाँले व्यवसायीको अनुकुलतालाई प्रतिकुलतामा बदल्ने गर्विलो इतिहास रहेको भन्दै अर्थतन्त्रमा देखिएको निराशा कम हुँदै जाने बताउनुभयो।
उहाँले विभिन्न देशमा भएको अर्थतन्त्रको उदाहरण दिँदै नेपालले पनि अर्थतन्त्रको क्षेत्रमा सुधार गर्न सक्ने बताउनुभयो।

उहाँले भन्नुभयो,‘‘अर्थतन्त्रमा अहिले निराशा छ, यो हटेर जान्छ। अहिले लागत बढेको छ तर सधैँ अक्सर टाढा रहने छैन। अहिले व्यवसायी कठिन छ।
तर सम्मुन्नतिको बाटो हामीले नै कोर्ने छौं। यो मेरो कल्पना मात्रै होइन। विगतमा हामीले पुष्टि गरेर देखाएका छौं। व्यवसायीको अनकुलतालाई
प्रतिकुलतामा बदलेको गर्विलो इतिहास हामीसँग छ।’’

अध्यक्ष गोल्छाले नेपाल जस्तै मुलुक बंगलादेशमा सन् २०१० यता निर्यात १८ अर्बबाट ४० अर्ब पुर्‍याउन र ३० वर्षअघि एक सय दिनको अवधिमा
आठ लाख मानिस गुमाएको रुवाण्डाको २० वर्ष यताको वार्षिक आर्थिक वृद्धिदर औसत ८ प्रतिशत गर्नसकेको र नेपालले पनि गर्नसक्ने बताउनुभयो।

उहाँले महासंघ सरकारविरुद्ध आान्दोलित हुन संगठित नभएको भन्दै जनताको जीवनस्तर उठाउन काम गरिने बताउनुभयो। उहाँले अब महासंघको
नेतृत्व काविल हातको जिम्मा लगाउन लागेको बताउनुभयो। उहाँले महासंघको जिम्मेवारी वहन गर्ने हातहरुले सहजतापूर्वक काम गर्नका लागि सरकारले
वातावरण सिर्जना गरिदिनुपर्ने बताउनुभयो।

उहाँले आफैँले सिर्जना गरेको अर्थतन्त्रको समस्या सुधार गर्नुपर्ने अवस्था आएको बताउनुभयो। उहाँले नेपालको आर्थिक गतिविधि डेढ वर्ष अघिको
अवस्थामा ५० प्रतिशले घटेको बताउनुभयो। उहाँले वर्तमान समस्यालाई अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि बुझ्नुपर्ने र अवस्था परिवर्तनका लागि काम गर्न सुझाव दिनुभयो।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १५:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid