sweet bonanza
February 9, 2026 | सोमवार, माघ २८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिए कारबाही हुने

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १५:१८
मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिए कारबाही हुने

सुर्खेत । सुर्खेतमा कानुन विपरीत नदीजन्य पदार्थको ठेक्का लगाउने तथा नदीजन्य पदार्थ सङ्कलनका लागि मेसिनरी
औजार प्रयोगको अनुमति दिने स्थानीय तहका कर्मचारीलाई कारबाही हुने भएको छ । सुर्खेतका स्थानीय तहहरूले
कानुन विपरीत नदीजन्य पदार्थ सङ्कलनको ठेक्का लिएका व्यवसायीलाई ठूला मेसिनरी औजार प्रयोग गर्न अनुमति दिएको पाइएको हो ।

जिल्ला समन्वय समिति सुर्खेतले सुर्खेतका नौ वटै स्थानीय तहलाई सात बुँदे निर्देशन जारी गरेको छ ।
“कानुन विपरीत नदीजन्य पदार्थको चलान पुर्जी पट्टा जारी नगर्न यसै पत्रमार्फत सचेत गराइन्छ,” जिससले स्थानीय
तहहरूलाई पठाएको पत्रमा भनिएको छ, “कानुन विपरीत चलान पुर्जी जारी गर्ने स्थानीय तहका प्रमुख प्रशासकीय
अधिकृतलाई नियमअनुसार कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउँछौँ ।”

सात बुँदे निर्देशनमा जेसिबी, स्काभेटरलगायत ठूला मेसिनरी यन्त्र प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन गर्नुपर्ने अवस्था
आए त्यसको आधार र कारण खोलेर चुरे क्षेत्रको हकमा राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अनुमति दिनुपर्ने उल्लेख छ ।
त्यसबाहेकको क्षेत्रमा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत निर्णय गराएर मात्रै ठूला मेसिनरी प्रयोगको अनुमति दिन स्थानीय तहलाई निर्देशन दिएको छ ।

स्थानीय तहहरूले आफूखुसी ठूला मेसिनरी औजार प्रयोग गर्न अनुमति दिएको बताउँदै कानुनविपरीतका यस्ता कार्य नगर्न जिल्ला समन्वय
समिति सुर्खेतले सचेत पनि गराएको छ । निर्देशनपत्रमा स्थानीय तहहरूले आफूखुसी ठूला मेसिन प्रयोग गर्न अनुमति दिएर नदीजन्य तथा खानीजन्य
पदार्थ उत्खनन गरी बिक्री वितरण र ठेक्का बन्दोबस्त कानुन विपरीत हुने र सोको सम्पूर्ण जबाफदेही सम्बन्धित स्थानीय तह हुने उल्लेख छ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १५:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid