May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

टोपबहादुर रायमाझीलाई अपराधी भनिएको भन्दै संसदमा एमालेको आपत्ति

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १६:३७
टोपबहादुर रायमाझीलाई अपराधी भनिएको भन्दै संसदमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीका सचिव टोपबहादुर रायमाझीलाई अपराधी भनिएको भन्दै आपत्ति जनाएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने
कार्यमा संलग्न रहेको भनी एमाले सचिव रायमाझी र उनका छोराको समेत नाम आएको भनी प्रश्न उठाएका थिए ।

लगत्तै एमालेका प्रमुख सचेतक पदम गिरीले आपत्ति जनाएका हुन् । पत्रपत्रिकामा नाम आएको भरमा कुनै पनि सांसदलाई अपराधी करार गर्न नमिल्ने
भन्दै प्रमुख सचेतक गिरीले पाण्डेको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरे ।

एकीकृत समाजवादीका उपाधयक्ष समेत रहेका सांसद पाण्डेले ‘अपराधी छन् भने सांसद पनि कारबाहीमा पर्नुपर्छ’ भन्ने आफ्नो भनाइ रहेको भन्दै प्रतिवाद गरे । यस विषयमा सभामुखले भने कुनै निर्णय लिएनन् ।

कसले के भने ?

राजेन्द्रप्रसाद पाण्डे

 …हाम्रो नेपालीहरुको माझमा अर्को एउटा कलंकको टिका लागेको छ । ८७५ जना नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भन्दै १० लाखदेखि ५० लाखसम्म पैसा उठाएको कुरा बाहिर आएको छ ।
त्यसमा कल्ले उठयो ? भन्दा पूर्व गृहमन्त्री, उहाँको सुरक्षा सल्लाहाकार इन्द्रजित राई, एमाले नेता टोपबहादुर रायमाझी, उहाँका छोरा सन्दिप रायमाझी समेतको नाम आएको छ ।

पत्रपत्रिकाले डेढ करोडको चेक काटिदिएको प्रष्टै छापिदिएका छन् । यस्तो खालको जघन्य अपराधपूर्ण जो काम भएको छ । यी सबै अपराधीहरुलाई कडाइका साथ कारबाही गर्ने गरी सरकारले तत्काल छानविन गरोस् ।

पदम गिरी :

माननीय ज्युले आफ्नो बिचारहरु राख्नेक्रममा यही सदनको अर्को सदस्य, माननीयलाई अपराधी भनेर बोल्ने काम गर्नुभएको छ । यो संसदमा विद्यमान नियमावलीको विलकुलै मर्म विपरीत छ ।
जुन अभिव्यक्ति राख्नुभएको छ, यसले संसदीय मर्यादा कायम हुन सक्दैन ।

पत्रपत्रिकामा के कुरा आयो एउटा विषय हो । त्यसको छानबिन गर्ने आफ्नो प्रक्रिया छ । छानबिन गर्नुपर्छ जो कसैलाई पनि । छानबिनको दायरामा ल्याउने राज्यको दायित्व हो । त्यो काम गरोस् ।
तर, पत्रपत्रिकामा कसैको नाम आएको भरमा कुनै पार्टीका नेता वा कुनै माननीय सांसदलाई अपराधी करार गर्न पाइँदैन । यसमा हाम्रो गम्भीर आपत्ति छ । यसलाई रेकर्डबाट हटाइयोस् ।

राजेन्द्रप्रसाद पाण्डे :

पत्रपत्रिकामा नाम आएको छ । यही संसदकै सदस्यको नाम पनि जोडेर उहाँको छोराको नाममा चेक काटेको भनेर कुरा आएको छ । मैले अपराधीहरुलाई कारबाही गरियोस् भनेको छु ।

सांसद फलानालाई कारबाही गरियोस् भनेको छैन । अपराधी छन् भने सांसद पनि कारबाहीमा पर्नुपर्छ । मेरो भनाइ यत्ति मात्रै हो ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १६:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट