काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मतभार नकटाएपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ ।
दोस्रो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत पाएका दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने छ । अध्यक्ष पदमा रामचन्द्र संघाई, अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ बीच प्रतिस्पर्धा छ ।
अहिले २० प्रतिशत मतभार रहेको वस्तुगत तर्फको मतगणना जारी छ । ८० प्रतिशत मतभारको गणना सकिंदासम्म अहिलेसम्म ५० प्रतिशत मतभार कुनै उम्मेदवारको कटेको छैन ।