sweet bonanza
February 18, 2026 | बुधबार, फाल्गुन ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ट्रान्सफर हुन नपाउने निर्णय तत्कालका लागि स्थगित

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १४:३१
ट्रान्सफर हुन नपाउने निर्णय तत्कालका लागि स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले विद्यार्थीले स्थानान्तरण अर्थात ट्रान्सफर हुन नपाउने निर्णय तत्कालका लागि स्थगित गरेको छ ।

बुधबार बसेको त्रिवि प्राज्ञिक परिषद्को बैठकले विद्यार्थीहरुले कलेज स्थानान्तरण गर्न नपाउने निर्णय स्थगन गर्ने निर्णय गरेको हो ।

गत फागुन २८ गते त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषदको बैठकले सम्बन्धन प्राप्त कलेजबाट आंगिक क्याम्पसमा र आंगिकबाट सम्बन्धन प्राप्त निजी कलेजमा हुने विद्यार्थीहरुको स्थानान्तरण रोक्ने निर्णय गरेको थियो ।

मानविकी तथा सामाजिक शास्त्र संकायकी डीन प्रा.डा.कुशुम शाक्यले हाललाई उक्त निर्णय स्थगन भएको जानकारी दिइन् । उनले भनिन् ‘हाललाई निर्णय नम्बर ९९ स्थगन भएको छ । थप निर्णयको लागि समितिले गरेको सिफारिस अनुसार हुन्छ ।’

परिषद्ले थप निर्णय गर्नको लागि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय प्रमुख डा.पशुपति अधिकारीको संयोकत्वमा अध्ययन समिति गठन गरेको छ । उक्त समितिले सुझाव दिए अनुसार परिषद्ले निर्णय गर्नेछ ।

विद्यार्थीहरूको कलेज स्थानान्तरण गर्नेसम्बन्धी परिषदको उक्त निर्णय नं. ९९ गलत भएको भन्दै चौतर्फी आलोचना भएपछि बुधबार बसेको त्रिवि प्राज्ञिक परिषदले निर्णय स्थगन गरेको हो ।

परिषदको निर्णय स्थगनसँगै हाललाई विद्यार्थीहरूको कलेज स्थानान्तरण पहिला हुँदै आएको व्यवस्था बमोजिम नै हुनेछ । परिषदले बिना छलफल ट्रान्सफर रोक्ने निर्णय गरेको भन्दै विद्यार्थी संगठनहरुले विरोध जनाएका थिए ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १४:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid