April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

गोलीकाण्ड अपडेट : १६ जना पक्राउ

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १४:२९
गोलीकाण्ड अपडेट : १६ जना पक्राउ

रौतहट । शनिबार दिउँसो रौतहटको गढीमाई नगरपालिका वार्ड नं ८ धोबिनियामा जग्गा विवादमा झडप गोली लागेर एकजनाको मृत्यु भएको विषयमा रौतहट प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।

शनिबार दिउँसो सडक बनाउने क्रममा विवाद बढेपछि दुई समूहबीच झडप हुँदा एक पक्षको तर्फबाट गोली चलेको छ । गोली लागि स्थानीय राजकुमार राय यादवको ज्यान गएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बाटो विस्तारको क्रममा जग्गामा विवाद हुँदा एकपक्षबाट गोली चलेपछि गोली लागेर घाइते भएका रायको उपचारको लागि वीरगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गढीमाई नगरपालिकाका नगरप्रमुख श्याम प्रसाद यादका अनुसार रायको टाउकोमा गोली लागेको थियो ।

हाल उनको शव पोष्टमार्टमको लागि वीरगन्ज राखिएको छ । सो वार्डको वडाध्यक्ष रामाज्ञा राय यादवका अनुसार गोलीको छर्रा लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरन्जन यादव घाइते भएको छन् ।

उनीहरुको गरुडाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । वडाध्यक्ष यादवका अनुसार सडक बनाउने क्रममा ऐलानी जग्गा भएको स्थानमा ४–५ दिनदेखि दुईपक्ष बीचमा विवाद गोली १२ बोरको दुइ नाले बन्दुकबाट चलेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक बिर बहादुर बुढा मगरका अनुसार पिडितहरुको निवेदनको आधारमा अहिले १६ जना पक्राउ गरिएको र एकजना फरार रहेकोमा खोजी कार्य तिब्र पारिएको छ । उनले पक्राउ परेकाहरुलाई म्याद थप गरि थप अनुसन्धान गरेपछि घटना बारे थप रहस्यहरु खुल्दै जाने विश्वास व्यक्त गरे ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १४:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट