नयाँ दिल्ली : भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै मृत्युदर पनि उकालो लागेको छ। पछिल्लो २४ घन्टामा कोरोनाबाट २७ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार योसहित भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ३१ हजार १४१ पुगेको हो।
पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेमा गुजरातमा ६,युपीमा ४,दिल्ली राजस्थानमा ३–३,महाराष्ट्रमा २,बिहार छत्तीसगढ,हिमाचल प्रदेश,झारखण्ड,केरल तथा तमिलनाडुमा १÷१ जना रहेका छन्।
सोही अवधिमा ९ हजार १११ नयाँ संक्रमित थपिएका छन्। योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ६० हजार ३१३ पुगेको छ। पछिल्लो २४ घन्टामा ६ हजार ३१३ संक्रमित कोरोनामुक्त भएका छन्।
आइतबार १० हजार ९३ जना नयाँ संक्रमित थपिएका थिए भने कोरोनाबाट २३ जनाले ज्यान गुमाएका थिए।