हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ मकवानपुर आउने भएका छन् । काठमाडौं–तराई मधेश द्रूतमार्ग (फाष्ट ट्रयाक) को बकैया–५ स्थित क्षेत्रको स्थलगत अवलोकनका लागि प्रचण्ड मंगलबार मकवानपुर आउन लागेका हुन् ।
उनी बिहान ११ बजे हेलिकप्टरमार्फत् बकैया–५ आइपुग्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।
प्रधानमन्त्रीको स्थलगत अनुगमनको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आवश्यक शान्ति सुरक्षाको समेत प्रबन्ध मिलाएको छ ।
नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं —तराई÷मधेश द्रूतमार्ग निर्माण गरिरहेको छ । अवलोकनमा द्रूतमार्ग आयोजना प्रमुख तथा प्राविधिकहरु समेत सहभागी हुनेछन्।
प्रस्तावित ७६ किमी लामो उक्त मार्गलाई १० भागमा विभाजन गरेर २८ वटा कन्ट्रयाक्टञरमार्फत् काम भइरहेको नेपाली सेनाले जनाएको छ ।