August 24, 2025 | आइतवार, भदौ ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

क्याम्पसमा परीक्षार्थीलाई ट्वाइलेट जान रोकिएपछि…

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० ११:२९
क्याम्पसमा परीक्षार्थीलाई ट्वाइलेट जान रोकिएपछि…

इटहरी । इटहरी ५ मा रहेको जनता बहुमुखी क्याम्पसमा सोमबार बि.ए र बिएड प्रथम वर्षको परीक्षा थियो ।

अंग्रेजी विषयको परीक्षा दिन आएकी सोही क्याम्पसमा बिएड प्रथम वर्षमा अध्ययनरत रचना पुरीले आँफूमाथि शिक्षकबाटै अभद्र व्यवहार भएको आरोप लगाएकी छन् ।

पुरीले आँफूलाई चर्पी जानबाट रोकिएको र परीक्षा बीचमै छाड्न बाध्य बनाएको उनको आरोप छ ।

‘आज परीक्षा चल्दै गर्दा १ घण्टा ५० मिनेटको समयमा सर्ट ट्वाइलेटको लागि बाहिर गएको थिएँ,’ पुरीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म ट्वाइलेट नजिकै पुग्दा त्यहाँ २ जना सर र म्याम बस्नुभएको रहेछ र म ट्वाइलेट जानु अगाबै मलाई सरले नजिक बोलाउनु भयो र म्यामले मेरो तलासी लिनुभयो ।’

असहज भएपछि ट्वाइलेट जान खोज्दा जान नमिल्ने र जानै पर्ने भए कापी खोसेर राख्ने भन्दै शिक्षकहरूले अभद्र व्यवहार गरेको उनको भनाइ छ ।

उनले लेखेकी छन्, ‘अन्त्यमा मेरो साथमा केही नहुँदा मलाई सरले तँ ट्वाइलेट नगई नछाड्ने होस् भने तेरो कापी खोसेर राख्छौं, लेख्छु भन्ने लागेको छ भने ट्वाइलेट जान पाउँदिनस् यहीँबाट आफ्नो कक्षामा फर्की भन्नुभयो ।’

उनले आफूलाई गाह्रो भएकोले ट्वाइलेट जान दिन आग्रह गर्दा पनि नमानेपछि बाध्य भएर कक्षामा फर्किएको र सहनै नसक्ने भएपछि २० मिनेटमै कापी बुझाएर ट्वाइलेट गएको बताइन् ।

उनले सामाजिक सञ्जालमा शिक्षक शिक्षिकाको नाम भने खुलाएकी छैनन् ।

‘एउटा विद्यार्थीलाई ट्वाइलेट जान नदिने नियम टियुले किन राख्यो?,’ उनको प्रश्न छ, ‘यस्तै हो भने हाम्रो देश को भविष्य के होला ? र कहाँ सम्म पुग्ला ?’

आँफू एक पात्र मात्रै भएको र परीक्षा दिने अधिकांश विद्यार्थीहरू सोही पीडामा परेको उनले बताइन् । आफ्नो गल्ती भए कारबाहीको भागीदार बन्न तयार भएको अन्यथा विद्यार्थीमाथि दुव्र्यवहार गर्ने शिक्षक, कर्मचारीमाथि कारबाही हुनुपर्ने उनको माग छ ।

यता, क्याम्पस प्रमुख प्रा.डा. गीता अधिकारीले विद्यार्थीले चिट बोकेर गएपछि चेक गरिएको बताइन् । ‘हामीले चिट खोसेको हो, चिट नहुनेलाई कसरी ट्वाइलेट नै जान रोक्नु?,’ उनले टाकुरासँग भनिन्, ‘चिट ट्वाइलेट लैजान नपाएपछिको आक्रोश हो ।’

आँफूहरूले कसैलाई दुव्र्यहार र अभद्र व्यवहार गर्न नमिल्ने र सबै परीक्षार्थी समान रहेको उनले बताइन् । ‘कसैलाई ट्वाइलेट जान दिने वा नदिने भन्ने हुँदैन,’ अधिकारीले भनिन्, ‘हाम्रो लागि सबै विद्यार्थी समान हुन् ।’

कक्षामा गार्ड बसेका अर्का एक शिक्षकले पनि ती विद्यार्थीको व्यवहार अमर्यादित रहेको विद्यालय प्रशासनको आरोप छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० ११:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट