नयाँदिल्ली (सिन्ह्वा)। भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ।
१४ जनाको अवस्था गम्भीर छ उनीहरूको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेकोले मृतकको संख्या बढ्न सक्ने सम्भावना रहेको अधिकारीहरूले
जनाएका छन्।
विहारको राजधानी पटनाबाट एक सय ५१ किलोमिटर उत्तरमा रहेको पूर्वी चम्पारण (मोतिहारी) जिल्लामा शनिबार सो घटना भएको हो। प्रहरीले छापा मार्ने क्रममा हालसम्म एक सय आठ जनालाई पक्राउ गरेको छ ।