काठमाडौं। संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक दिउँसो १ बजेका लागि तय भएको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ’अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक,२०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने दैनिक कार्यसूचीमा उल्लेख छ।