काठमाडौं। सांसद् एकनाथ ढकालले नेपालको राहदानी निकै कमजोर भएको भन्दै जबरजस्ती कुटनीतिक उपस्थित जनाउन सरकार र संसद्लाई आग्रह गरेका छन् । संसद्को शून्य समयमा बोल्दै सांसद् ढकालले नेपालको राहदानी विश्वका अन्य देशको तुलनामा निकै कमजोर भएको बताएका हुन् ।
ढकालले भने, ‘ग्लोबल पासपोर्ट इन्डेस्कको नतिजा अनुसार ११३ वटा देशलाई समावेश गर्दा नेपालको राहदानी १०७ औं स्थानमा छ । नेपालको राहदानी विश्वका अन्य देशको तुलनामा निकै कमजोर छ। नेपालको राहदानी र सोमालीयाको राहदानी करिब करिब उस्तैउस्तै छ। नेपालको कुटनीति कमजोर भएकोले यो अवस्था सिर्जना भएको हो ।’
उनले नेपालको संसद् घरायसी मुद्दामा मात्रै होइन संसदीय कुटनीतिमा पनि प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए।