sweet bonanza
February 16, 2026 | सोमवार, फाल्गुन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘युवराज सफल’लाई हदैसम्मको कारबाही गर्न कांग्रेस सांसद बडूको माग

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १६:५५
‘युवराज सफल’लाई हदैसम्मको कारबाही गर्न कांग्रेस सांसद बडूको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले युवराज पौडेल ९सफल०लाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बडूले सदनसमक्ष आफ्नो गम्भीर धारणा राख्न चाहेको उल्लेख गर्दै निज सफलले आफ्नो चरित्रहत्या गरेकोले सभामुख मार्फत कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

वैशाख ५ गते एक आमसञ्चार माध्यममा प्रकाशित समाचार अनुसार सिन्धुली निवासी युवराज पौडेल सफलले दोहोरो नागरिकता लिएको भन्दै पूर्वमन्त्रीसहित १२ जनाविरुद्ध गृह मन्त्रालयमा उजुरी दिएको समाचार छापिएको र त्यसमा आफ्नो नाम समेत जोडेर सम्प्रेषित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले भने,‘मेरो सन्दर्भमा यस्तो आरोप पूर्णतया झुटा, आधारहीन र दुराशययुक्त प्रायोजित समाचारप्रति म गहिरो दुःख र खेद व्यक्त गर्दै विरोध जनाउँछु र घोर भर्त्सना गर्दछु । ममाथि लगाइएको उक्त आरोप पुष्टि गर्न म ठाडो चुनौती दिन चाहन्छु ।’

उनले अगाडि भने,‘यसरी सम्प्रेषित समाचारले म जिम्मेवार नागरिकको प्रतिष्ठामा गम्भीर चोट पु¥याएको छ भने मैले पटक पटक मेरो सार्वभौम मुलुकको मन्त्रीपरिषदको जिम्मेवारी निभाइसकेको सन्दर्भमा मेरो देशको स्वाभिमानमाथि समेत अपूरणीय क्षति पु¥याउन सक्ने भएकोले यस्ता तथ्यहीन कुराका उजुरीकर्ता र सत्यतथ्य खोजी नगरी आचारसंहिता विपरीत र दुराशययुक्त तथ्यहीन समाचार सम्प्रेषणकर्ताहरू समेतलाई यथाशीघ्र छानबिन गरी हदैसम्मको कानुनी कारबाही गरिपाउन र सत्यतथ्य संसद्लाई जानकारी गराउन समेत सभामुख मार्फत नेपाल सरकार सम्बद्ध पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १६:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid