January 5, 2026 | सोमवार, पुस २२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एक अर्ब ५४ करोड ९६ लाख २० हजार रुपियाँ बेरुजु

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १२:१0
एक अर्ब ५४ करोड ९६ लाख २० हजार रुपियाँ बेरुजु

धनगढी । सुदूरपश्चिम प्रदेशको बेरुजु रकम बढेर एक अर्ब ५४ करोड ९६ लाख २० हजार रुपियाँ पुगेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७४ को दफा २ (ब) बमोजिम रीत नपु¥याई अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गर्दा बेरुजु बढेको बताइएको छ।

महालेखा परीक्षकको चौथो वार्षिक प्रतिवेदन २०७९ अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रदेश सरकारको बेरुजु रकम ७७ करोड २४ लाख ८१ हजार रुपियाँ थप भएको छ। आव २०७६/७७ सम्म बेरुजु रकम एक अर्ब २३ करोड तीन लाख थियो। आव २०७७/७८ मा ४५ करोड ३१ लाख ७१ हजार रुपियाँ बेरुजु सम्परीक्षण गरिएको छ। सम्परीक्षण भई बाँकी रहेको ७७ करोड ७१ लाख ३९ हजार र आर्थिक वर्ष २०७७/७८ को ७७ करोड २८ लाख ८१ हजार थप भई कुल बेरुजु रकम एक अर्ब ५४ करोड ९६ लाख २० हजार रुपियाँ पुगेको हो।

पछिल्लो वर्ष थपिएको बेरुजुमध्ये सरकारी कार्यालयतर्फ ४९ करोड ५८ लाख ५६ हजार रुपियाँ रहेको प्रतिवेदनमा उल्लेख छ। २७ करोड ६६ लाख २५ हजार रुपियाँ समिति तथा अन्य संस्थागततर्फको बेरुजु रहेको औँल्याइएको छ।

महालेखा परीक्षक प्रतिवेदनले दुई करोड ९३ लाख ११ हजार (३.७९ प्रतिशत) रकम असुल गर्नुपर्ने औँल्याएको छ। ४५ करोड ४९ लाख एक हजार रुपियाँ नियमित गर्नुपर्ने, पाँच करोड ९१ लाख ९९ हजार रुपियाँ अनियमित भएको प्रतिवेदनमा उल्लेख छ। ३९ करोड ५७ लाख दुई हजार रुपियाँ रकम प्रमाण कागजात पेस नगरीकनै खर्च भएको छ। २८ करोड ८२ लाख ६९ हजार रुपियाँ पेस्की बेरुजु देखाइएको छ।

प्रतिवेदनअनुसार सबैभन्दा बढी बेरुजु सामाजिक विकास मन्त्रालयको छ। सो मन्त्रालयको आव २०७७/७८ को बेरुजु रकम ३८ करोड २९ लाख ५८ हजार रुपियाँ छ। त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयको बेरुजु २७ करोड ४९ लाख चार हजार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बेरुजु छ करोड १३ लाख २० हजार रुपियाँ रहेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बेरुजु दुई करोड ५९ लाख ५७ हजार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बेरुजु दुई करोड ५९ लाख ३६ हजार रुपियाँ रहेको छ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको बेरुजु रकम १८ लाख २५ हजार र प्रदेश सभाको बेरुजु रकम पाँच लाख ८१ हजार रुपियाँ रहेको प्रतिवेदनमा उल्लेख छ। आव २०७७/७८ मा सुदूरपश्चिम प्रदेश सरकारले ३४ अर्ब ४३ करोड १३ लाख २८ हजार रुपियाँ बजेट प्रस्तुत गरेको थियो। त्यसमध्ये २२ अर्ब ८४ करोड ३५ लाख छ हजार रुपियाँ (६६.३४ प्रतिशत) खर्च गरिएको थियो।

ऐन नियमको पालना भएन

सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ अनुसार सार्वजनिक निकायहरूले सार्वजनिक खरिद कार्यलाई व्यवस्थित गर्न पालन गर्नुपर्ने धेरैजसो नियमकै पालना नगरेको प्रतिवेदनमा उल्लेख छ।

कतिपय खरिद कार्यमा योजना तयार नगर्ने, योजना अधुरो राख्ने, मालसामान वा निर्माणको प्याकेज नबनाउने, परामर्शदातामा निर्भर रहने, प्रगतिका आधारमा ५० प्रतिशत पेस्की दिनुपर्नेमा पूरै पेस्की दिने, भेरिएसन आदेश स्वीकृति नगराई काम गराउने प्रवृत्ति रहेको बताइएको छ।

३६ करोड बेरुजु

दार्चुला समाचारदाताका अनुसार दार्चुलाका स्थानीय तहमा ३६ करोड ६१ लाख ७४ हजार रुपियाँ बेरुजु रहेको छ। सबैभन्दा बढी बेरुजु शैल्यशिखर नगरपालिकामा १६ करोड तीन लाख ६३ हजार रुपियाँ र सबैभन्दा कम नौगाड गाउँपालिकामा एक करोड ४७ लाख ६४ हजार रुपियाँ बेरुजु छ।

शैल्यशिखर नगरपालिका सुदूरपश्चिम प्रदेशमै सबैभन्दा बढी बेरुजु रकम भएको पालिकामा देखिएको छ। चैत ३० मा सार्वजनिक महालेखा परीक्षक कार्यालयको प्रतिवेदन २०७९ अनुसार शैल्यशिखर नगरपालिका प्रदेशका ८८ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु आउने स्थानीय तहमा परेको हो।

सात पालिकामा २६ करोड बेरुजु 

अमरगढी समाचारदाताका अनुसार डडेलधुराका सातवटा स्थानीय तहमा २६ करोड रुपियाँभन्दा बढी बजेट बेरुजु देखिएको छ। महालेखा परीक्षकको प्रतिवेदनले आर्थिक वर्ष २०७९/८० मा स्थानीय तहमा २६ करोड ६६ लाख ७४ हजार रुपियाँ बेरुजु देखाएको हो।

गत वर्ष सबै पालिकाको बेरुजु आठ करोड ४७ लाख ७२ हजार रुपियाँ बेरुजु देखिएको थियो भने हाल बढेर २६ करोड ७४ हजार रुपियाँ पुगेको छ। यस वर्ष सबैभन्दा बढी बेरुजु जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा छ करोड ८४ लाख ६३ हजार रुपियाँ बेरुजु देखिएको छ। सबैभन्दा कम नवदुर्गा गाउँपालिकामा एक करोड ३७ लाख ६९ हजार रुपियाँ बेरुजु रहेको छ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १२:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्