November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १४:२४
पिकअप दुर्घटना  हुँदा एक जनाको मृत्यु, पाँच घाइते

फिदिम । पाँचथरमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ  भने अन्य पाँच जना घाइते भएका छन् । आइतबार बिहान ८ बजे फालेलुङ –८ लुवाफुबाट फिदिम आउँदै गरेको मे १ ज २९५८ नम्बरको पिकअप फिदिम–११ चम्पेटारमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका फालेलुङ ८ का साजन केरुङको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दुर्घटनामा चालक छवि अधिकारीसहित पाँच जना घाइते भएका छन् । पाँचथरका प्रहरी प्रमुख हरि खतिवडाले घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो । घाइते तीन जनालाई झापातर्फ रेफर उहाँले बताउनुभयो । बाँकी दुई जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।

चालक छवि अधिकारी फालेलुङ गाउँपालिकाका –८ का वडा सदस्य पनि हुनुहुन्छ । प्रहरी प्रमुख खतिवडाले दुर्घटनाको कारण खुल्न नसकेको बताउनुभएको छ  ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १४:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्