sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सन्दीपको मुद्दा दीपक ढकालको इजलासमा

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० ११:२0
सन्दीपको मुद्दा दीपक ढकालको इजलासमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको अन्तिम पेशी न्यायाधीश दीपक ढकालको इजालासमा परेको छ।

बलात्कार आरोप लागेका सन्दीपलाई यसअघि बाँकी साक्षीको बयान लिन अदालतले आदेश दिएको थियो।

६ वैशाखमा अदालतले पीडित भनिएकी किशोरीको स्वास्थ्य जाँच गर्ने डक्टर र साहब आलमसँग बयान लिएको थियो।

लामिछानेविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुँदैछ। काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको इजलासमा लामिछानेविरुद्धको मुद्दामा सनुवाइ हुने भएको हो।

उनको पेशी चौंथौ नम्बरमा रहेको छ। यसअघि चैत २६ गते शंकरराज बरालको इजलासले साक्षीको बकपत्र लिन आदेश दिएको थियो।

गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरुद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो।

सन्दीपलाई काठमाडौं जिल्ला अदालतले प्रारम्भिक सुनुवाईमा पुर्पक्षका लागि जेल चलान गरेको थियो।

तर पाटन उच्च अदालतले उनलाई थुनामुक्त गरेको थियो भने विदेश जान रोक लगाएको थियो। सन्दीपले सर्वोच्चोमा पुनरावेदन गरेपछि उनलाई सर्वोच्चले विदेश जान अनुमति दिएको थियो।
मुद्दाको अन्तिम फैसला भने जिल्ला अदालतमा हुन बाँकी रहेको छ।

निरन्तर पेशीमा रहे पनि अन्तिम सुनुवाइ नहुँदा मुद्दाले किनारा पाउन सकेको थिएन। सर्वोच्च अदालतले मुद्दाको फैसला चाँडो गर्नका लागि जिल्ला अदालतलाई आदेश गरेको भए पनि विभिन्न
कारणले पेशी स्थगित हुँदै आएको छ। आज काठमाडौँ जिल्ला अदालतले सन्दीपको पेशी तोकेको छ।

 

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० ११:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid