WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-833d13-1c7db.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `wp_postmeta`


पोखरा- तनहुँ १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले झन्डै दोब्बर मतले अग्रता बढाएका छन्।
हालसम्म १७ वडाको २३ हजार मतगणना हुँदा उनले ११ हजार ६७७ मत पाएका छन्।
नेपाली कांग्रेसको वर्चस्व रहेको भानु नगरपालिका र माओवादी केन्द्रको दबदबा रहेको आँबुखैरेनी गाउँपालिकामै स्वर्णिमलाई बढी मत खसेको हो।
सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले ६ हजार ७८७ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका सर्वेन्द्र खनाल निकै पछाडि छन्। उनले ३ हजार ८०२ मत पाएका छन्। तनहुँ १ मा ६३ हजार ७५७ मत खसेको हो।
