पोखरा । तनहुँ–१ मा ३१ हजार मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले झन्डै १६ हजार मत पाएका छन्।
जिल्ला निर्वाचन कार्यालयको पछिल्लो तथ्यांकअनुसार ३१ हजार २ सय १९ मत गन्दा वाग्ले १५ हजार ९५८ मत ल्याएका छन्।
तनहुँमा वाग्लेले सुरुदेखि नै अग्रता कायम गर्दै आएका थिए।
कांग्रेसका गोविन्द भट्टराईले ९ हजार १२० मत प्राप्त गर्दा एमालेका सर्वेन्द्र खनालले ५ हजार १६६ मत ल्याएका छन्।
रास्वपाका वाग्ले कांग्रेसका भट्टराई भन्दा ६ हजार ८३८ मतले अघि छन्। तनहुँ एकमा ६३ हजार ७५७ मत खसेको छ।