sweet bonanza
February 7, 2026 | शनिबार, माघ २६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

खानेपानी भर्ने पालो तीन दिनपछि !

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १0:४४
खानेपानी भर्ने पालो तीन दिनपछि !

बैतडी । बैतडीको मेलौली नगरपालिका–७, काँडाबजारमा एक जर्किन पानी भर्न तीन दिन पालो कुर्नुपर्ने बाध्यता छ।

धारामा पानी भर्न राखेको ४० लिटरको जर्किन भर्न तीन दिन पालो कुर्नुपरेको स्थानीय उपभोक्ता भोजराज भट्टले बताउनुभयो। प्राथमिक स्वास्थ्य केन्द्र र डेरा गरेर क्याम्पस पढ्ने विद्यार्थी झनै समस्यामा परेको उहाँले बताउनुभयो। काँडा बजारमा २०४७ सालमा ग्वाल्लेकबाट ल्याइएको खानेपानी योजना जीर्ण हुँदा समस्या भएको उपभोक्ताले बताएका छन्। पानीको हाहाकार भएपछि स्थानीय ३२ परिवारले प्रतिव्यक्ति ४५ हजार रुपियाँ सङ्कलन गरेर नजिकैको पटौट खोलाबाट सौर्य पाता जडान गरेर पानी तान्ने प्रयास गरे पनि मुहानमा पानी कम हुँदा समस्या झनै बढेको छ।

सुक्खायाममा पानी अभाव हुँदा स्वास्थ्य केन्द्रमा सुत्केरी हुन आउने महिलाको सरसफाइ गर्न समस्या हुने गरेको स्थानीय स्वास्थ्य केन्द्रका सूचना अधिकारी मुकेशकान्त दयालले बताउनुभयो। काँडाबजारसँगै जोडिएको मेलौली नगरपालिका–१ मा सुर्नया नदीबाट पानी लिफ्ट गरिएको छ।

खानेपानी कार्यालयका प्रमुख कृष्णबहादुर बोगटीले स्थानीय सरकारबाट खानेपानी योजनाका लागि पर्याप्त बजेट नआएको बताउनुभयो। उहाँले यो वर्ष उपभोक्तालाई लिफ्ट खानेपानीको प्रस्तावना पेस गर्न अनुरोध गरेको बताउनुभयो।

खानेपानी समस्याका विषयमा नगरपालिकामा गुनासो आएको मेलौली नगरपालिकामा प्रमुख भीमबहादुर चन्दले बताउनुभयो। काँडाबजार खानेपानीको समस्याका विषयमा नगरपालिकामा छलफलसमेत भएकाले सुर्नया नदीबाट पानी लिफ्ट गर्न पालिकाको बजेटले नपुग्ने भएकाले प्रदेश सरकारलाई गुहार्ने नगरप्रमुख चन्दले बताउनुभयो।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १0:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid