sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चौँरीको रगत पिउने मेला

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० 0९:४१
चौँरीको रगत पिउने मेला

म्याग्दी  । हिमाली क्षेत्रमा पाइने जडीबुटी खाएका चौँरी गाईको आलो रगत खाएमा रोग निको हुने विश्वासले मुस्ताङको बोक्सी खोलाको सिन्जे भन्ने स्थानमा चौँरीको आलो रगत पिउने मेला लागेको छ। चौँरीपालक कृषकको संस्था हिमालयन चौँरीपालक तथा संरक्षण समितिले मेलाको आयोजना गरेको हो।

थासाङ गाउँपालिका–२, बोक्सी खोलामा लागेको मेलामा करिब चार सय सर्वसाधारण चौँरीको रगत खान भेला भएका छन्। हिमाली खर्कमा पाइने यार्सागुम्बा, पाँचऔँले, जटामसीलगायत जडीबुटी खाएका चौँरीगाईको रगत खाएमा ग्यास्टिक, कमलपित्त, सुन्नेको र छालासम्बन्धी रोग निको हुने विश्वासले टाढाटाढादेखि सर्वसाधारण मेला पुगेका हुन्।

चौँरीपालक किसानले यसलाई रोग निको पार्ने प्राकृतिक उपचार पद्धति भनेर दाबी गर्दछन्। हिमालयन चौँरीपालन तथा संरक्षण समितिका सदस्य बुद्धिरत्न तुलाचनले भन्नुभयो, “हाम्रा पुर्खाले चौँरीलाई स्वस्थ राख्न वर्षमा दुई पटक रगत निकालेर फाल्ने गर्दथे। त्यतिबेलाका पुर्खाले चौँरीको रगत खाँदा शरीरमा भएको रोग निको हुन थालेपछि रगत पिउने प्रचलन सुरु भएको हो। यो हाम्रो वर्षौंदेखिको पुख्र्यौली प्रचलन हो। एक गिलास आलो रगतको तीन सय रुपियाँ मूल्य तोकेका छौँ।”

उहाँका अनुसार शनिबारदेखि लागेको मेला एक हप्तासम्म सञ्चालन हुनेछ। मेलामा आएकाहरू एक गिलास रगत खाएर फर्किने गर्दछन्। कसैले एक हप्तासम्म बसेर दिनदिनै रगत खाने गरेको उहाँले बताउनुभयो। कृषकले रगत बिक्री गरेर आम्दानीसमेत गर्ने गरेको उहाँले बताउनुभयो।

वर्षमा दुई पटक रगत निकालेपछि चौँरीको स्वास्थ्य पनि राम्रो हुने र रगत पिएपछि मानिसको रोग निको हुने विश्वास छ। एउटा वयस्क चौँरीबाट पाँचदेखि दस गिलाससम्म रगत निकाल्ने गरिन्छ।

चौँरीको रगत निकाल्ने व्यक्तिलाई स्थानीय भाषामा आम्जी भन्ने गरिन्छ। आम्जीले जिउँदो चौँरीलाई नियन्त्रणमा लिई घाँटीमा सुइरोले नसामा कोपेर रगत निकाल्ने गर्छन्। चौँरीको रगत निकाल्ने सीप सिकेका उनीहरूलाई आफ्नो भाषामा आम्जीलाई डाक्टर भन्ने गर्दछन्। मेलामा दुई जना आम्जी रगत निकाल्न खटिएका छन्।

हिमालयन चौँरीपालन तथा संरक्षण समितिका अध्यक्ष तथा थासाङ गाउँपालिका–२, कोबाङका वडाध्यक्ष गौतम शेरचनले रगत पिउन मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङ, पोखरा, काठमाडौँ, चितवन र बुटबललगायतका जिल्लाबाट सर्वसाधारण आएको बताउनुभयो।

उहाँले भन्नुभयो, “कोरोना महामारीका कारण चार वर्षदेखि मेला रोकिएको थियो। लामो समयपछि लागेको मेलामा सर्वसाधारणको निकै भिड लागेको छ। हिमालयन चौँरीपालन तथा संरक्षण समितिअन्तर्गत करिब एक हजार पाँच सय चौँरी रहेको समितिका गौतम शेरचनले जानकारी दिनुभयो।

चौँरीलाई स्वस्थ राख्न पनि वर्षमा एक पटक रगत निकाल्नुपर्ने उहाँले बताउनुभयो। रगत बढी भयो भने चौँरी अस्वस्थ हुन्छ। चौँरीको मेला बाउबाजेको पालादेखि लगाउन थालिएको उहाँको भनाइ छ। यातायातको सुविधा नहुँदा पहिला म्याग्दी, बागलुङ, पर्वत र पोखरादेखि पनि पैदल हिँडेर रगत खान आउने गरेको उहाँले सुनाउनुभयो।

अहिले सडक सुविधाका कारणले मेलामा आउने सर्वसाधारण वृद्धि भएको वडाध्यक्ष शेरचनको भनाइ छ। चौँरीपालक कृषकले वैशाख र साउन गरी वर्षमा दुई पटक चौँरीको रगत खाने मेला आयोजना गर्दै आएका छन्।

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० 0९:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid